पथरीशनिश्चरे नगरको प्रत्येक वडामा खुल्ला जिमखाना निर्माण हुर्दै

असार १३ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाले नगरको प्रत्येक वडामा खुल्ला जिमखाना खोल्ने तयारी गरेको छ ।आर्थिक वर्ष ०७७÷७८ को नीति, कार्यक्रम तथा बजेटमा खुल्ला व्यायामशाला निर्माण गर्ने बारेमा सातांै नगरसभाले पारित गरिसकेको छ । नगरको नीति, कार्यक्रममा पहिलो पटक वडा नं. १ को बजारमा खुल्ला व्यायामशाला निर्माण गरिने भएको हो ।

यस आर्थिक बर्षमा वडा नंं. १ मा सुरु गर्ने गरी रु १० लाख रुपैया बजेट विनियोजन गरेको छ । नगरले पहिलो पटक १ नम्बर वडा र क्रमश अन्य वडामा निर्माण गरिन्र्दै जाने नगरका प्रवक्ता याम गुरागाईले पत्रकार भेटघाट कार्यक्रममा बताए ।

सम्बन्धित खवर