कानेपोखरीमा एक पुरुषमा पहिलो पटक कोरोना संक्रमण पुष्टी

असार १७ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकामा पहिलो पटक एक पुरुषमा कोरोना संक्रमणको पृष्टी भएको छ ।

कानेपोखरी गाउँपालिकाले जनसेवा माविको क्वारेन्टाइनमा बसेका १४ जनाको आइतबार पिसिआर टेष्ट गरेका मध्येबाट एकजना पुरुषमा कोरोना संक्रमणको पृष्टी भएको हो ।

वडा नं. ५ का १८ बर्षिय पुरुष ७ दिन अघि काठ्माडौबाट बसमा जनसेवाको क्वारेन्टाइमा आएका थिए । उनि बैदेशीक रोजगार मलेशियाबाट काठ्माडौं हुर्दै कानेपोखरी आएका क्वारेन्टाइनका व्यवस्थापन समितिका अध्यक्ष खड्ग बस्नेतले बताए ।

कोरोना संक्रमित पुरुषसँग एकै कोठामा बसेका २ जना थप चेकजाँचका लागी क्वारेन्टाइनमै राखिने र संक्रमित व्यक्ति आजै गोठगाउँको आइसोलेसनमा लाने तयारी गरेको स्वास्थ संयोजक रोहिन्द्र राज भण्डारीले बताए । बाँकी ११ जना आजै घर फर्किएका छन् ।

सम्बन्धित खवर