पथरीशनिश्चरे नगरद्धारा नगरप्रहरीलाई दज्र्यानी चिन्ह प्रदान

असार १८ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाले नियुक्त गरेका नगर प्रहरीहरुलाई दज्र्यानी चिन्ह प्रदान गरिएको छ ।

विहिबार नगरपालिका कार्यालयमा आयोजित एक कार्यक्रममा नगर प्रमुख दिलीपकुमार राई, प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमला, वडाध्यक्षहरु बाबुराम एङदेन, जयबहादुर तामाङ सहितले दज्र्यानी चिन्ह प्रदान गरेको हो ।

सो अवसरमा बोल्दै नगर प्रमुख राई र प्रमुख प्रशासकीय अधिकृत धमलाले नगर प्रहरीले इमान्दारिता र कर्तव्यनिष्ठरुपमा नगर मातहतमा रहेर सुरक्षा व्यवस्थापनको काममा खटिन निर्देशन समेत दिएका थिए ।

नगर प्रहरीका कमाण्डर असई सानबहादुर साम्सोहाङले मातहतका नगर प्रहरीलाई निर्देशन सहित प्रतिवद्धता जाहेर गरे ।

असई साम्सोहाङ र हवल्दार बलबहादुर गौतमका साथै नवनियुक्तहरु प्रहरी हवल्दार सामुयल धिमाल, प्रहरी जवान विष्णु धमला, इन्द्रमणि सुवेदी, संजय परियार र प्रतिमा दर्जी नेपालीलाई दज्र्यानी चिन्ह प्रदान गरिएको थियो ।

सम्बन्धित खवर