कोरोना संक्रमण देखिएपछि कानेपोखरीमा फेरी लकडाउन सुरु

असार १८ गते, पथरी । वैदेशिक रोजगार मलेसियाबाट कानेपोखरी आएका एकजना युवामा कोरोना संक्रमण देखिएपछि स्थानीय सरकारले फेरी लकडाउनको घोषणा गरेको छ ।भोली शुक्रबार विहान देखि लागुहुने गरी गाउँपालिकाले विहिबार लकडाउनको निर्णय गरेको हो । गाउँपालिकाले लकडाउनको बारेमा विहिबार माइकिङ् मार्फत उद्योगी, व्यापारी र स्थानीयहरुमा सूचना जारी गरेका थिए । गाउँपालिकाले २१ गते सम्म लकडाउन गर्ने निर्णय गरेको छ । सामाजिक दुरी कायम गरी औषधि, खाद्यान्न, मलखाद जस्ता पसलहरु भने खुल्ला रहने छ ।

संक्रमित एरियामा भने १४ दिन लकडाउन गरिएको स्वास्थ संयोजक रोहिन्द्र कुमार राजभण्डारीले बताए । ८ दिन अघि मलेसियाबाट काठ्माडौं हुर्दै घर आउँदा कानेपोखरी चोकबाट ट्याम्फुमार्फत संक्रमित युवाको आमाले घर ल्याएका थिए । घर गएको थाहाँ पाउने वितिकै गाउँपालिकाले क्वारेन्टाइनमा ल्याएर राखेका थिए ।

पिसिआर रिपोर्टमा युवाको पोजेटिभ आएपछि आमा र ट्याम्फु चालकलाई अहिले जनसेवाको क्वारेन्टाइनमा राखिएको छ । उनिहरु र संक्रमित युवासंगै बसेका दुईजनाको पिसिआर टेष्ट शुक्रबार हुँर्दै छ । उनिहरुमा रिपोर्ट नेगेटिभ आएमा लकडाउन खुल्ने र पोजेटिभ आएमा लम्बिने गाउँपालिकाले जनाएको छ ।

संक्रमति युवाको मलेसियाबाट नेपाल आउनु अघि पिसिआर टेष्ट गरिएको थियो । पिसिआर रिपोर्टमा नेगेटिभ आएको रिपोर्ट उसँग भएको जनसेवा क्वारेन्टाइन व्यवस्थापन समितिका अध्यक्ष तथा वडाध्यक्ष खड्ग बस्नेतले बताए । जनसेवा क्वारेन्टाइनबाट पिसिआर रिपोर्टमा नेगेटिभ आएपछि विभिन्न देशबाट आएका लगभग ७० जना घर फर्किसकेका छन् ।

सम्बन्धित खवर