संक्रमित युवासँगै बसेका अन्य व्यक्तिहरुको पिसिआर रिपोर्ट नेगेटिभ

असार २० गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाको जनसेवा माविको क्वारेन्टाइनमा रहेका २२ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । संक्रमित युवासंगै क्वारेन्टाइनमा बसेका , आमा, ट्याम्पो चालक र २ जना स्वास्थकर्मी सहित २२ जनाको रिपोर्ट नेगेटिभ आएको हो ।क्षेत्रिय प्रोयोगशाला विराटनगरबाट शनिबार आएको पिसिआर रिपोर्ट सबै जनाको नेगेटिभ आएको जनसेवा क्वारेन्टाइन व्यवस्थापन समितिका संयोजक तथा वडाध्यक्ष खड्ग बस्नेतले बताए । नेगेटिभ आएपछि गाउँपालिका क्षेत्रका वासिन्दामा खुशियाली छाएको छ । एक हप्ता अघि जनसेवा माविको क्वारेन्टाइनमा बस्ने १४ जनाको पिसिआर रिपोर्टमा १ जना युवाको कोरोना संक्रमण भएपछि गाउँपालिका क्षेत्रमा त्रास उत्पन्न भएको थियो ।

वडा नं. ५ का १८ बर्षिय पुरुष मलेसियाबाट काठ्माडौहुँदै घर आउँदा कानेपोखरीबाट संक्रमित युवाको आमाले ट्याम्पो रिक्सामा घर ल्याएका थिए । क्वारेन्टाइनमा जानुपर्ने घर गएपछि बेलुका गाउँपालिकाले क्वारेन्टाइनमै फेरी ल्याएका थिए ।

ती युवाको पिसिआर रिपोर्टमा संक्रमण देखिएपछि उतिखेर त्रास फैलिएपछि गाउँपालिको भोली आइतबार सम्म लकडाउनको घोषण गरको थियो । गाउँपालिकाले तत्काल आमा र ट्याम्पो चालकलाई क्वारेन्टाइनमा राखी पिरिआर टेष्ट गरेका थिए ।

२२ जनाको शनिबार नै क्वारेन्टाइनबाट विदा गरिएको संयोजक तथा वडाध्यक्ष बस्नेतले बताए । रिपोर्ट नेगेटिभ आएपछि अव भने गाउँपालिकामा आइतबार सम्म लगाएको लकडाउन तोकिएको समय सम्म मात्र गरिने बताएका छन् ।

सम्बन्धित खवर