असार २५ गते, कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिका स्थित जनसेवा माविको क्वारेन्टाइनबाट विभिन्न वडाका १ सय १० जना घर फर्कि सकेका छन् । पिसिआर चेक पछि रिपोर्ट नेगेटिभ आएपछि उनिहरु सबै क्वारेन्टाइनबाट घर फर्किको हो ।पछिल्लो समय पिसिआर नेगेटिभ आएपछि आज बिहिबार ११ जना घर फर्किएका छन् । १४ जनाको पिसिआर चेक भएको थियो । १४ जना मध्ये ३ जना क्वारेन्टाइनमा कार्यरत स्वास्थ्यकर्मी रहेका छन् ।
उनिहरुलाई गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले, उपाध्यक्ष राजमती इङ्नाम, वडाध्यक्ष खड्ग बस्नेत, स्वास्थ्य संयोजक रोहिन्द्र कुमार राजभण्डारी र विभिन्न राजानीतिकदलका नेताहरुले विदाई गरेका थिए ।
यस भन्दा अघि ९९ सय जना पिसिआर नेगेटिभ आएपछि घर गईसकेका छन् । अव क्वारेन्टाइनमा विभिन्न देशबाट कानेपोखरी आएका ३७ जना रहेको जनसेवा क्वारेन्टाइनका संयोजक तथा वडाध्यक्ष खड्ग बस्नेतले बताए ।