हरियाली वनको वृत्तचित्र प्रदर्शन

असार २५ गते, पथरी । सामुदायिक वनको विविध बस्तुहरुलाई समेटेर निर्माण गरिएको वृत्तचित्र वन समितिले प्रर्दशन गरेको छ ।मोरङको पथरीशनिश्चरे –२, मा रहेको हरियाली सामुदायिक वन उपभोक्ता समूहले विहिबार वनको सभाहलमा “हरियाली वन” नामक ५० मिनेटको वृत्तचित्र उपभोक्ता माझ प्रर्दशन गरिएको हो ।

वैज्ञानिक वन ब्यबस्थापन, सामाजिक, भौतिक, बिकास, गरिबी निबारणको कामहरु, भावी योजना, त्यहाँ पाइने, जंगली जनावर र रुख विरुवा लगायतको बिषय समेटेर वृत्तचित्र निर्माण भएको छ ।

प्रदर्शनपछि सब डिभिजन वन कार्यालय पथरीका प्रमुख महोमद अलाउदिनले वृत्तचित्र छिमेकी सामुदायिक वनका पदाधिकारीहरु, जनप्रतिनिधिहरु समेत बोलाएर देखाउनु पर्ने बताए । वन समूका अध्यक्ष काबुलबहादुर मगरले वृत्तचित्र राम्रो बनेको भन्दै निर्माण पक्षको प्रशंसा गरे ।

वृत्तचित्र पुन प्रदर्शन गरिने बताए । प्रदर्शन कार्यक्रममा समूहका पूर्व अध्यक्षहरु कर्णबहादुर गुरुङ, देबिप्रसाद भेटवाल, रिता गिरी, वर्तमान पदाधिकारी, सल्लाहकार र दुई सय बढी उपभोक्ताहरु सहभागी रहेका थिए ।

वृत्तचित्रको स्कृप्ट लेखन अर्जुन जम्नेली राई, निर्देशन सन्तोष राई, छायांकन करण धिताल, आवाज प्रस्तुति बबिता राई र दृश्य सम्पादन ईस्वर दुलालले गरेका छन । वृत्तचित्रमा जंगली जनावर, विभिन्न प्रजातिका चराहरु, कछुवा, सर्पहरु र वैज्ञानिकको आकर्षक दृश्यहरु समेटिएको समूहको कार्यलय सचिव लिला गुरुङले बताइन ।

यसैविच अहिले समूहले हरियालीकै मातहत रहने गरि हरियाली सामुदायिक वन प्रा.लि. गठन गरेर २० करोडको लगानीमा पर्यटन बिकासको लागि पूर्बाधार निर्माण सुरु गरेको छ । हरियाली वन, उपभोक्ताहरु, नगरका स्थानीय बासिन्दा, नगरपालिकालाई शेयर रकम संकलन गरेर भौतिक पूर्बाधार निर्माण सुरु गरेको हो । कम्पनीमा पथरीशनिश्चरे नगरपालिकाले चार करोड शेयर लगानी छ ।

मुख्य सडकसँग जोडिएको हरियाली कम्पनीले आकर्षक छहरा, गार्डेन, स्वीमिङ पुल, बोटिङङ तथा पिकनिक स्पट निर्माण गर्दैछ । पर्यटनसंगै कृषि बिकासमा जोड दिने अध्यक्ष मगरले बताएका छन् ।

हरियाली सामुदायिक वन २०७६ मा नेपालकै उत्कृष्ट घोषणा हुँदै वैज्ञानिक वन ब्यबस्थापनमा गणेशमान सामुदायिक वन पुरस्कार प्राप्त गरेका थिए । नेपालको संघीय वन मन्त्रालय अन्तरगत वन विभागले प्रत्येक वर्ष उत्कृष्ट वन घोषणा गर्दै आएको छ ।

पथरीको हरियाली वन त्यस अघि पनि राष्ट्र ब्यापी सान्तवना पुरस्कार प्राप्त गरेका थिए । नेपालको प्रथम घोषणा भएपछी मेचीदेखी महाकाली सम्मबाट अध्ययन भ्रमणमा आउने गरेका छन ।

सम्बन्धित खवर