पथरीशनिश्चरे नगरमा २ जनामा कोरोना पोजेटिभ

असार २८ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगर स्थित पथरी बहुमुखी म्याम्पसको क्वारेन्टिनमा रहेकामध्ये २ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

क्वारेन्टिनमा रहेका २ जना महिलामा कोरोना पोजेटिभ देखिएको नगर प्रमुख दिलीपकुमार राईले बताए । दुवैजना कुवेतबाट नेपाल आएर असार २४ गतेदेखि सिधै नगरको क्वारेन्टिनमा बस्दै आएका थिए ।

उनीहरुलाई प्रदेश कोभिड अस्पताल विराटनगरमा पठाउने प्रक्रिया अघि बढाइएको नगरले जनाएको छ । नगर प्रमुख राईले कोरोना भाइरस लाग्नबाट बच्नका लागि थप सहजकता अपनाउन नगरवासीलाई अनुरोध समेत गरेका छन् ।

हालसम्म नगरको क्वारेन्टिनमा २ सय ३१ पुरुष र ५७ महिला गरी २ सय ८८ जना बसेकोमा २ सय ४७ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण भइसकेको छ । जसमध्ये कोरोना नदेखिएका २ सय ४५ जना घर फर्किसकेको नगरले जनाएको छ ।

नगरमा २ सय ५९ जनामा कोरोनाको आरडीटी समेत परीक्षण गरिएकोमा सो परीक्षणमा भनें कसैमा पनि कोरोना देखिएको थिएन ।

सम्बन्धित खवर