साउन ११ गते, कानेपोखरी । दुवै मृगौला पीडित ४५ वर्षीया फूलमाया तामाङलाई बैदेशिक रोजगारमा विदेश गएकाहरुबाट थप उपचारको लागि ठुलो सहयोग भएको छ ।
मोरङको कानेपोखरी–६ स्थित बरगाछीं निवासी पीडित फूलमायालाई आइतबार १ लाख ५३ हजार ७ सय ५ रुपैया रकम थप उपचारको लागि सहयोग भएको हो ।
उज्वल भविश्य बाल समूहले गाउँपालिकामा एक कार्यक्रम विच सो बराबरको रकम पालिका अध्यक्ष ताराबहादुर काफ्ले र समूहकी अध्यक्ष स्मिता राईले संयुक्तरुपमा पीडित फुलमायालाई हस्तान्तरण गरेका थिए । हस्तान्तरण कार्यक्रममा अध्यक्ष काफ्ले र वडा नं. ६ का वडाध्यक्ष खड्ग बस्नेतले बाल समूहलाई बधाई दिर्दै पीडितलाई स्वास्थ्यलाभको कामना व्यक्त गरेका थिए ।
सिराह, धनकुटा, सुनसरी, मोरङ, झापा, मकुवानपुर, सिन्धुपाल्चोक, उदयपुर रौटहट, गुल्म, दाङ, घोराही, बारा, गुल्मी, संखुवासभा, बारा, भोजपुर, तेह्रथुम, काठमाडौं, सप्तरी, बुटवल र लम्जुङ लगाएतबाट बैदेशिक रोजगारमा मलेसिया, जापन, न्युजिल्याड र साउदी पुगेका नेपालीहरुबाट सो रकम उज्वल भविश्य बाल समूहको खातामा जम्मा भएको थियो ।
पीडित फूलमायालाई यस अघि पनि उज्वल भविश्य बाल समूहको तर्फबाट पहिलो पटक २५ सय र स्थानीयबाट संकलित ५ हजार दिएका थिए । त्यसैगरी दोस्रो पटक ६ हजार रकम थप उपचारको लागि दिएका थिए । दोस्रो पटक हस्तान्तरण गरिएको रकम नारायण गोजबुले ३ हजार र टिकाराम तामाङले ३ हजार पीडितको लागी समूहमा जम्मा गरेका थिए । समूहले पीडितलाई दिएको रकमको भिडियो र फोटो समूकको फेसबुक पेजमबाट प्रचारप्रसार गरेपछि पीडितलाई रकम दिनेको भिड लाग्न थालेका थिए ।
रकम संकलन गर्न स्थानीय उज्वल भविश्य बाल समूहका संरक्षक र सदस्यहरु लागि परेका थिए । सुरेन लिन्थेप, खेमराज श्रेष्ठ, मिलन कुमार विश्वकर्मा र विवेक गोम्देन तामाङ रकम संकलनमा लागि परेका थिए । कार्यक्रम संचालन समूहका संरक्षक एविन पाठकले संचालन गरेका थिए ।
४६ वर्षीय भीमबहादुर तामाङले हप्तामा दुई पटक आफ्नी पत्नी फूलमायालाई डायलोसिस गर्न साइकल मै बोकेर घरबाट ४३ किलोमिटर टाढा बिराटनगर सम्म पु¥याउँने र ल्याउने काम गर्दै आएका छन् । सोमबार र बिहीबार डायलोसिस गर्ने पालो राखेका छन् । दुबै मिर्गौला काम नलाग्ने भएपछि १६ महिना यता फूलमाया विराटनगरको गोल्डेल अस्पतालमा नियमित उपचार गराइरहेका छन् ।



