वडा नं. ४ को वार्षिक कार्य प्रगति विवरण सार्वजानिक

साउन १६ गते, पथरी । मोरङको पथरीशनिश्चरे–४ नम्वर वडा कार्यालयले गत आर्थिक वर्ष ०७६÷७७ को कार्यप्रगति विवरण सार्वजनिक गरेको छ ।
वडाध्यक्ष गोविन्दबहादुर भण्डारीले पत्रकार भेटघाट कार्यक्रममार्फत आर्थिक वर्ष ०७६÷७७ मा वडागत सिलिङका रुपमा प्राप्त १ करोड तथा नगर, प्रदेश र संघीय सांसदमार्फत प्राप्त कार्यक्रमका बारेमा कार्यप्रगति विवरण प्रस्तुत गरेको हो ।

वडाको बजेटबाट भौतिक पूर्वाधारतर्फ ४६ लाख ५० हजार, स्वास्थ्यतर्फ १० लाख ५० हजार, चेतनामुलक कार्यक्रम तथा अन्यतर्फ ८ लाख ५० हजार, कृषि तथा अन्य कार्यक्रमतर्फ ५ लाख ५० हजार, शिक्षातर्फ ५ लाख, खानेपानीतर्फ ५ लाखका योजनाहरु सम्पन्न भएको बताए ।
त्यस्तै, सिंचाईतर्फ ३ लाख, मठमन्दिरतर्फ ३ लाख, ह्यूम पाइप खरिदमा २ लाख, खेदकुदमा १ लाख ५० हजार, लक्षित कार्यक्रममा ७० हजारको योजना सम्पन्न भएको जनाउनु भयो । कोरोना भाइरसको जोखिमका कारण ५ प्रतिशत योजनाहरु चालु आर्थिक वर्षमा सर्न पुगेको पनि जनाए ।

सो वडाका लागि नगरस्तरीय योजना अन्तर्गत ५२ लाख ५० हजारका ११ वटा योजना, प्रदेश सरकारबाट १ करोड ७४ लाखका ९ वटा योजना र संघीय सरकार तथा संघीय सांसद कोषबाट ६३ लाखका ३ वटा योजना सम्पन्न भएको विवरण पनि उहाँले प्रस्तुत गर्नुभयो । वडा, नगर, प्रदेश र संघबाट गरी कुल ३ करोड ३६ लाखका योजना सो वडामा सम्पन्न भएको देखिन्छ ।

चालु आर्थिक वर्ष ०७७÷७८ का लागि ७५ लाखको वडाको सिलिङ अन्तर्गत शिक्षातर्फ ६ लाख १० हजार, कृषि तथा पशुपालनतर्फ ५ लाख, खानेपानीतर्फ ५ लाख, स्वास्थ्यतर्फ ३ लाख ४५ हजार, लक्षित कार्यक्रमतर्फ २ लाख ५० हजार सहितका योजना तर्जुमा भएको पनि जानकारी गराइएको छ ।

वडाध्यक्ष भण्डारीले वडा कार्यालयमा आउँदा आवश्यक कागजातको फोटोकपि निःशुल्क गर्न र निवेदन निःशुल्क रुपमा लेख्ने प्रवन्ध वडाले गरिदिने निर्णय गरेको पनि जानकारी गराए ।

कार्यक्रममा, कार्यपालिका सदस्य भद्रमान विश्वकर्मा, वडा सदस्य खड्गबहादुर सुस्लिङ मगर, तुलसादेवी दर्जी, अमरबहादुर बराइली, दिलु मगर तथा वडा सचिव ललिता लावतीले वडाको कार्यप्रगतिका बारेमा बोलेका थिए ।

सम्बन्धित खवर