रबिन्द्र बराल, साउन १९ गते, रंगेली । मोरङको रंगेली नगरपालिका –७, मा पहिलो पटक २२ जनामा कोरोना भाइरस पोजेटिभ देखापरेको छ ।
बिहिबार १ सय ५६ जनाको पीसिआर परीक्षणमामा २२ जनामा पोजेटिभ फेला परेको हो । नेपाल बिधुत प्राधिकरणका ५ जना, रंगेली अस्पतालका ३ जना र समुदायमा १४ जना फेला परेको हो ।
जस मध्ये ९ जना महिला १३ जना पुरुष रहेको स्वास्थ्य शाखा प्रमुख भुपेन्द्र मण्डलले बताए ।