साउन २१ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगर स्थित पथरी बजारमा व्यवस्थित पशु बधशाला निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयमार्फत प्रदेश सरकार र पथरीशनिश्चरे नगरपालिकाको संयुक्त लगानीमा पथरीको गोसलाइन क्षेत्रमा वधशाला निर्माण कार्य अन्तिम चरणमा पुगेको हो ।
नगरका उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको नेतृत्वमा अनुगमन् टोलीले हालसम्मको अवस्थाका बारेमा अनुगमन् गरेको छ ।
प्रदेश सरकारको बढीमा ५० लाख तथा अन्य नगरपालिका कार्यालयको गरी ७५ लाख १४ हजार ४ सय ५१ रुपैयाँको स्टिमेट रहेकोमा ५० लाख ९३ हजार ५ सय ७९ रुपैयाँमा मादी आरकेडा कन्ट्क्सन इटहरीले ठेक्कामा लिएको थियो ।
बधशालामा दैनिक ठूला पशु ५ वटा र साना १२ वटासम्म वध गर्न मिल्ने स्थल वन्ने नगरको पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहालले जनाउनु भएको छ । बधगर्ने र प्रसोधन गर्ने व्यवस्थितस्थल वनेको छ ।