माघ ३० गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरमा उद्यमशीलता विकासको योजना अनुरुप वडा नम्बर ३ मा मेड मोडेलको लघु उद्यम विकास तालिम सुरु भएको छ ।
वडा सदस्य फुलमाया दर्जीले प्रमुख अतिथिका रुपमा ८ दिने तालिमको विहिबार उद्घाटन् गरेका छन् । कार्यक्रमका लागि वरिष्ठ उद्यम विकास सहजकर्ता सपना कार्की र उद्यम विकास सहजकर्ता भगवती कटुवालले सहजिकरण गरेका थिए ।
उद्योग, पर्यटन तथा आपूर्ति मन्त्रालयमार्फत चालु आर्थिक वर्षमा मोरङको पथरीशनिश्चरेमा गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमको कार्ययोजना अनुरुप नगरपालिका कार्यलयमार्फत तालिम अघि बढेको हो ।
नगरले नियुक्त गरेका उद्यम विकास सहजकर्तामार्फत वडाका वस्तीमा गई सहभागितामुलक ग्रामिण लेखाजोखा विधिबाट आर्थिक विपन्न वर्गको पहिचान गरी प्रत्येक वडाबाट ७० प्रतिशत महिला हुनेगरी ३०,३० जना छनोट गरिएको छ । वडा नम्बर १, २ र ३ मा सो कार्यक्रम लागू गरिएको छ । सो कार्यक्रमका लागि मन्त्रालयबाट २५ लाख रुपैयाँ विनियोजित भएको छ ।