शुक्रबार, मंसिर ५, २०८२

ज्याला मजदुरीको घर खोज्दै राहत वितरण गर्दै युवा संघ

तस्विर: किसान राई

जेठ २३ गते, पथरी । राष्ट्रिय युवा संघ नेपाल, पथरीशनिस्चरे नगर कमिटीले नगरका दैनिक ज्याला मजदुरी गरेर गुजरा चलाउने परिवारलाई राहत वितरण सुरु गरेको छ ।

‘दुःखको साथी राष्ट्रिय युवा संघ नेपाल’ भन्ने मुल नाराका साथ दोस्रो चरणको कोरोना भाइरस फैलिएसँगै बन्दाबन्दीको असरले घरमै बसेका मजदुरहरुलाई १३ केजी चामाल, १ केजी नुन, १केजी दाल, १ लिटर तेल र माक्स सहित राहत स्वरुप प्रदान गरिएको संघका केन्द्रिय सदस्य मनि लिम्बुले बताए ।

शनिवारबाट सुरु भएको राहत वितरण अभियानको पहिलो दिन वडा नं. १, २ र ९ मा राहत वितरण गरेका थिए । नगरको दैनिक ज्याला मदुरी गरी खानेहरु खोजि खोजि राहत पुर्याउने अभियान रहेको र पहिलो पटक नगरको ४ सय घरपरिवारलाई राहत प्याकेज पुर्याउने लक्ष्य रहेको संघका केन्द्रिय सदस्य लिम्बुले बताए ।

उनले छरछिमेकमा कहीँ कतै अहिलेको अवस्थामा कोहि खाद्यान्न अभावमा हुनुहुन्छ भने हामीलाई सम्पर्क गरे हामी राहत प्याकेज लिएर घरमै उपस्थित हुने पनि बताए ।

अभियानमा संघका केन्द्रिय उप–महासचिव बिजय डाँगी, केन्द्रिय सचिवलाय सदस्य भुपाल श्रेष्ठ, राजु तिम्सिना, भक्त राई, केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष नवीन पौडेल, केन्द्रिय सदस्य मनि लिम्बु, सन्जिव गिरी, पथरीशनिश्चरे नगर कमिटी अध्यक्ष किसान राई, उपाध्यक्ष उपेन्द्र मादेन, रन्जित कार्की सह–सचिब प्रनेस लिम्बु, गौतम राई, नवीन ढकाल र अन्य युवा बादल गुरुङ, ईश्वर दुलाल, बलु गजमेर, दिपेन गुरुङ लगाएत यो अभियान सम्पन्न गर्न लागि परेका छन् ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Nigranitimes.