असोज २ गते, कानेपोखरी । नेपाल कम्युनिष्ट पार्टी(एमाले) कानेपोखरी वडा नं. १ को वडा भेला सम्पन्न भएको छ ।
शुक्रबार होक्लाबारीमा प्रदेश १ का आर्थिक मामिला तथा कानुन मन्त्री लिलाबल्ब अधिकारीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । बिस्तारित बैठकमा विशिष्ट अतिथि नेकपा एमाले जिल्ला पार्टी सल्लाहकार संयोजक ताराबहादुर काफ्ले, जिल्ला सचिवलाय सदस्य राजमती इङ्नाम, जिल्ला सदस्य भोला अधिकारी, गाउँ कमिटि अध्यक्ष दानबहादुर बस्नेत र सदस्य खड्ग बस्नेत लगाएत उपस्थित भएका थिए ।