कात्र्तिक ९ गते, पथरी । नेपाल कम्युनिष्ट पार्टी(एमाले) पथरीशनिश्चरे नगर अधिबेशनबाट अध्यक्षमा रमेश दाहाल सर्वसहमत चयन भएका छन् । मंगलबार साँझ अबेरसम्म सर्वसहमति गरी अध्यक्ष मण्डलले दाहालको नेतृत्वमा पदाधिकारीको घोषणा गरेको हो ।
अध्यक्षमा रमेश दाहाल, उपाध्यक्षमा उमानाथ अधिकारी, सचिबमा भीम राई, सहसचिवमा रुक्मीणा बजगाई र एलबी भण्डारी सर्वसमत चयन भएको अध्यक्ष मण्डलका सदस्य अर्जुन बुढाथोकीले जनाए ।
दाहाल, अधिकारी र राई तीनै जना अध्यक्षमा दाबेदारी थियो । अध्यक्षको लागि बाबुराम लिम्बू, प्रकाश कार्की, ज्ञानेन्द्र अधिकारी लगायतको पनि दाबेदारी थियो ।
अधिवेशनको लागि पार्टीको प्रदेश सदस्य रामकुमार बस्नेतको अध्यक्षतामा युवराज बास्कोटा, देबराज भण्डारी, दिलिपकुमार राई र अर्जुनकुमार बुढाथोकी सदस्यरहेको समिति गठन भएको थियो ।
एमालेको भर्खरै समापन गरेको बिधानसभाले स्थानीय तहमा अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव एक एक जनासहित गाँउ, नगरमा ७५ सदस्य रहने ब्यबस्था गरेको छ । विधान बमोजिम हरेक वडाबाट सदस्य आइसकेको समेत अध्यक्ष मण्डलको सदस्य अर्जुन बुढाथोकीले बताए ।