फोनिजको संघीय महाधिवेशन आगामी माघ ७ र ८ गते हुदै

काठमाडौं, कात्तिक ११ गते । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आफ्नो सातौं महाधिवेशन आगामी माघ ७ र ८ गते गर्ने निर्णय गरेको छ । नुवाकोटको ककनीमा बसेको सातौं पूर्ण बैठकले सो निर्णय गरेको हो ।

फोनिज अध्यक्ष डण्ड गुरुङको अध्यक्षतामा बसेको केन्द्रीय बैठकले सो निर्णय गर्दै प्रवास शाखासहित सबै जिल्ला शाखाको अधिवेशन मंसिर २५ गते एकै दिन गर्ने निर्णय गरेको छ । सोही अनुसार प्रदेश समितिको अधिवेशन आगामी पुस २४ गते एकै दिन गर्ने निर्णय गरेको छ । बैठकले सदस्यता नविकरण, नयाँ सदस्यता वितरणको काम मंसिर १५ भित्र गरिसक्ने निर्णय गरेको अध्यक्ष गुरुङले बताउए ।

फोनिजमा देशभर ५४ वटा जिल्ला शाखा, ६ वटा प्रवास शाखा र सात प्रदेशमा प्रदेश समिति रहेका छन् । फोनिज मातहत आठ वटा जातीय पत्रकार संस्था आवद्ध छन् । जसमा थारु, मगर, राई, लिम्बु, शेर्पा, नेवा, गुरुङ र तामाङ जातीय पत्रकार संस्था रहेका छन् ।

फोनिजको प्रवासमा जापान, मलेसिया, अमेरिका, दक्षिण कोरिया, युएई र बेलायतमा शाखा छन् । फोनिजमा करिब चार हजार पत्रकारको आवद्धता रहेको छ । गोरखापत्रबाट

 

सम्बन्धित खवर