आइतवार, साउन १०, २०८३

कानेपोखरीमा ९ जना सहिदलाई नेकपाले सम्झीए

कानेपोखरी । जनयुद्धकालमा ज्यान गुमाएका मोरङ कानेपोखरी गाउँपालिका भित्रका ९ जना सहिदलाई २५ अ‍ैं जनयुद्ध दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) कानेपोखरी गाउँ कमिटिले सम्झीएको छ ।

विहिबार गाउँपालिका स्तरीय नेकपाको नेता तथा कार्यकर्ता भेला भएर गाउँपालिकाको प्राङ्गणमा कार्यक्रमको आयोजना गर्दै सम्झीएको हो । जनयुद्धमा कानेपोखरी गाउँपालिकाबाट ९ जनाले ज्यान गुमाएका थिए । वडा नं. ६, लक्ष्मि फुयल, बरुण विश्वकर्मा, मदन श्रेष्ठ, नरेन्द्र पोख्रेल र बुद्धिमान लिम्बु, वडा नं. ४ बाट सुनिल धिमाल, वडा नंं ३ बाट किशोर कोइराला र वडा नं. १ बाट मदन ढुङ्गना रहेका छन् ।

ज्यान गुमाउनेमा साविक बयरवन गाविसबाट ८ जना र साविक होक्लाबारीबाट १ जना रहेका छन् । जनयुद्धमा ज्यान गुमाएकाहरुलाई साविक नेपाल कम्युनिष्ट पार्टी माओवादीले उतिखेर नै सहिद घोषना गरेका थिए । बृहम शान्ति सम्झौता पछि सरकारमा गएपछि सो पार्टीबाट नेतृत्व गरेका सरकारले सहिद परिवारलाई १० लाख दिने घोषना गर्दै सहिद परिवारलाई रकम दिएका थिए ।

नेकपा मोरङ जिल्ला सल्लाहकार अध्यक्ष तथा कानेपोखरी गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले, पार्टी जिल्ला कमिटि सदस्य तथा कानेपोखरी गाउँ कमिटि इन्चार्ज अविनास मण्डल, नेकपा जिल्ला कमिटि सदस्य तथा गाउँपालिका उपाध्यक्ष राजमती इङ्नाम, जिल्ला कमिटि सदस्य तथा गाउँकमिटि अध्यक्ष भोला अधिकारी, गाउँ कमिटि सहइन्चार्ज अम्बिका अर्याल लगाएतले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रम २५ ओटा मैन बत्ति बालेर सुरु गरेका थिए । कार्यक्रम संचालन जिल्ला कमिटि सदस्य तथा पार्टी गाउँ कमिटि सचिव मनोज राजवंशीले संचालन गरेका थिए ।

सम्बन्धित खवर

भखरै

Crafted with care by CodeBundles © 2026 Nigranitimes.