नगरको वडावडामा १ महिने ब्याग र दालमोट भूजिया बनाउने तालिम

फागुन २२ गते, पथरी । माोरङको पथरीशनिश्चरे नगरपालिकाको वडा वडामा ब्याग र दालमोटको बनाउने १ महिने तालिम सुरु भएको छ । वडा नं. ९ मा ब्याग तालिम र ८ मा दालमोट भूजिया तालिम भईरहेको छ ।

तालिमको नगरको योजना अनुगमन् समितिले अनुगमन् गरेको छ । नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको नेतृत्वमा ८ र ९ का लागि सञ्चालित लघु उद्यम सम्बन्धी १ महिने ब्याग निर्माण तालिमबाट निर्मित आकर्षक ब्यागहरुको अनुगमन् गरिएको छ । तालिममा दुवै वडाका २२ जनाका लागि २२ वटा मेसिन खरिद समेत गरी ४ लाख ४७ हजार ४ सय ५० रुपैयाँको बजेटको कार्यक्रम सञ्चालनमा रहेको छ ।

गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत नगरको लघु उद्यम शाखाको आयोजनामा सञ्चालित सो कार्यक्रमबाट प्रभावकारी रुपमा सिकाइ भएको तालिममा सहभागिले जनाएका छन् ।

यस्तै, वडा नम्बर ८ मा सञ्चालित ५ दिने दालमोट भूजिया तालिमबाट उत्पादित सामग्रीको पनि अनुगमन् गरिएको छ । १० जना सहभागि रहेको तालिममा ५४ हजार ६ सय बजेट विनियोजन गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत लघु उद्यमका विभिन्न कार्यक्रम सञ्चालित छन् ।

 

सम्बन्धित खवर