३ महिने सिलाई कटाई तालिम समापन

जेठ २५ गते, पथरी । मोरङको पथरीशनिश्चरे १० मा नगरको महिला लक्षित कार्यक्रम अन्तर्गत सञ्चालित ३ महिने सिलाई कटाई तालिमको समापन भएको छ ।

एकता महिला समूहको आयोजनामा सम्पन्न कार्यक्रममा पूर्व नगर उपप्रमुख यमुना विष्ट वास्तोला, १० नम्बर वडाध्यक्ष जीवन खतिवडा, कार्यपालिकाका पूर्व सदस्य मैनादेवी फूयल आचार्य सहितले महिला लक्षित यसप्रकारको सिपमुलक कार्यक्रमको निरन्तरताको मन्तव्य व्यक्त गरे ।

समूह अध्यक्ष मञ्जु ढकालको अध्यक्षताको कार्यक्रममा सहभागि प्रशिक्षार्थीको तर्फबाट भूमा विश्वकर्माले अवको बजेटबाट एडभान्स तालिम प्रदान गर्न अनुरोध गरेका थिए । सहभागिलाई प्रमाणपत्र समेत वितरण गरिएको छ । तालिमका लागि ७० हजार रुपैयाँ विनियोजन भएको थियो ।

पूर्व नगर उपप्रमुख वास्तोला, १० नम्बर वडाध्यक्ष खतिवडा र वडासदस्य वीरबहादुर वस्नेतको टोलीले सोही वडाको जालपासिंहदेवी आधारभूत विद्यालयको भौतिक र शैक्षिक अवस्थाको अवलोकन समेत गरेको छ ।

 

सम्बन्धित खवर