जन्मदिनमा वृक्षारोपण

भदौ १३ गते, रमाइलो । मोरङ कानेपोखरी –६ स्थित रमाइलोका लोक मगरले विरुवा रोपेर आफ्नो जन्मदिन मनाएका छन् ।

ऐतिहासिक कानेपोखरीको वरिपरी विभिन्न जातको फुलको विरुवा रोपेर सोमबार जन्मदिन मनाएको हो । आज विहान जीवन लिम्बु, दिपक तिम्सिना, पदम परियार लगाएतको टोली पोखरीमा गई पोखरीको वरीपरी विरुवा रोपेका थिए । ऐतिहासिक पोखरीमा घुम्न आउने पर्यटकको आकर्षणको लागि फुलको विरुवा रोपेको लोक मगरले बताए ।

उनले २० हजार बराबरको फुलको विरुवा रोपेका थिए । धुपी, क्रिसमसट्री, मुसुन्दा, अरिकपम, चिनेवार, फोनेक्स, टिकुम्मा, एन्जीला, फुल सिरिस, फोनेक्सपाम, हान्सराज लगाएत २ सयवटा फुलको विरुवा रोपेको लोक मगरले बताए । मगरले यस अघिको जन्मदिनमा मृगौला पीडितलाई रकम सहयोग गरेका थिए ।

सम्बन्धित खवर