शिक्षामा छुट्टै पहिचान बनाउँर्दै कानेपाखरीको माउण्ट हर्मोन स्कुल

संस्था परिचयः

फागनु २६ गते, कानेपोखरी । कानेपोखरी–६ रमाइलो स्थित माउण्ट हर्मोन चिल्ड्रेन एकेडेमी इंग्लिस स्कुल रमाइलोमा छुट्टै स्थान ओगट्न सफल हुर्दै आएको छ । विद्यार्थीको सर्वाङ्गीण विकासका लागि प्रतिबद्ध स्कुल भौतिक पूर्वाधारले सम्पन्न, शान्त वातावरण, फराकिलो कक्षाकोठाले सुसज्जित छ ।

 

गुणस्तरीय शिक्षा प्रदान गर्न प्रतिबद्ध रहेको स्कुल रमाइलोमा २०७१ सालमा स्थापना भएको हो । ‘बौद्धिक विकास, चरित्र निर्माण र अनुशासन, नैतिक आचारणको नारा लिएर अघि बढेको स्कुलले अहिले विद्यार्थीलाई ज्ञानको भोको मात्रै बनाएको छैन, संस्कार पनि सिकाउर्दै आएको छ ।

स्कुलले जति सक्छौ, त्यति मात्रै भर्ना लेऊ, गुणस्तरमा सम्झौता नगर भन्ने नीतिबाट अघि बढ्दै आएको छ । विद्यार्थीलाई विद्यालय छिर्नेबित्तिकै उनीहरुलाई पढाइप्रति स्वतः उत्पे्ररित गर्न अभिमखीकरण गरिन्छ । परीक्षाको नतिजाका आधारमा विद्यार्थीको शैक्षिकस्तर मापन गरिन्छ र कमजोर विद्यार्थीलाई विशेष ध्यान दिइन्छ ।

उच्च, याग्ेयता, दक्षता प्राप्त अनुभवी र समर्पित शिक्षक–शिक्षिकाहरु छन् । पर्याप्त खेल मैदान, अतिरिक्त क्रियाकलापमा जोड दिन’ विद्यालयका सुविधा तथा विशष्ोताहरु हरुहुन् । यस्तै, काउन्सेलिङ कक्षा, क्यान्टिन, खेलकुद सामग्री, स्वच्छ खानेपानी, पर्याप्त शौचालयको व्यवस्था छ।

समय परिवर्तनशील छ। समयलाई चिन्न सक्नु, बुझ्न सक्न’ वा समय सँगसँगै दौडनु नै आजको यो प्रतिस्पर्धात्मक युगमा अनिवार्यता भएको छ । यो समयको हाँक हो । तसर्थ: आज चारैतिर संस्थागत विद्यालयहरु खुल्ने क्रममा छ । नयाँ नयाँ प्रविधि अवधारणा सहित  यसकारण हामी पनि अछुत रहन सकेना ।

यस क्षेत्रमा यो माउण्ट हर्मन चिल्ड्रेन एकेडेमी स्थापना गर्नुको मुख्य लक्ष्य भन्नुनै स्थानीय स्तरमा रहेका बालवालिकाहरुलाई बालमैत्री अवधारणामा आधारित समय सापेक्ष शिक्षा प्रदान गर्नु नै हो ।

शिक्षा व्यापार हैन
शिक्षा व्यापार हैन, शिक्षा प्रदान गर्नु कर्तव्य हो । व्यापारिक शिक्षाबाट नितान्त रुपमा टाढा रहेको छ माउण्ट हर्मोन चिल्ड्रेन एकेडेमी र आफ्नो कर्तव्य वोध गरी सकृय पूर्वक बालवालिकाहरुमा लगानी गर्दै आइरहेको छ । शिक्षा सिकाइको माध्यम हो जसबाट बालवालिकाले भोलिको सुन्दर भविष्यको सुनिश्चितताको लागि वर्तमानबाट आफ्ना पाइलाहरु क्रमशः अघि बढाइरहेको हुन्छ । तसर्थ विद्यालयले उनीहरुलाई आजैबाट किताबी ज्ञान सँगसँगै व्यवहारीक ज्ञान दिन अत्यन्त जरुरी छ । उनीहरुलाई जान्ने मात्र भन्दा पनि बुझ्ने बनाउनु नै यस माउण्ट हर्मोन चिल्ड्रेन एकेडेमीको अर्को मुख्य लक्ष्य रहेको छ ।

संस्थागत विद्यालयमा सम्बन्धित शिक्षकहरुले मात्र प्लेटफर्मको धारणामा कार्य गरिरहेको छन् । कुनै विकल्प नहुदासम्म विद्यालयमा काम गर्ने अनी भेटेपछि तुरुन्त छाड्ने । यसरी दिनानुदिन शिक्षकहरुको आउने जाने क्रमले एउटा वालक वा वालिकाले कसरी मनोभावना बुझ्ने ? वा शिक्षकले वालवालिकाको मनोभावना कसरी बुझ्ने ?

यो चुनौति प्रगतिको बाधक हो भन्ने बुझि यस माउण्ट हर्मन चिल्ड्रेन एकेडेमीमा सम्बन्धित स्वयम् सञ्चालकहरुनै शिक्षक भई निरन्तर उत्साहजनक ढंगबाट पठन पाठनको शिलशिला अघि बढाइएको छ । जसका कारण बालमैत्री कक्षाकोठा, चमेनागृह, शौचालय, खानेपानी खेलमैदान लगायत अन्य अतिरिक्त कृयाकलापहरुमा यस क्षेत्रकै अब्बल रुपमा स्थापित भएको छ ।

विद्यार्थीहरुको चौतर्फी विकास, ग’णस्तरीय शिक्षा, विषयगत ज्ञान र शिपका लागि ग्रामिण क्षेत्रमा स्थापित भएता पनि यस माउण्ट हर्मोन चिल्ड्रेन एकेडेमीको विकल्पमा अरु कुनैपनि नभएकोमा पक्कै पनि दुइमत नरहला ।

अरु निजी विद्यालयको तुलनामा आफ्नो विद्यालय अब्बल रहेको पृष्टी यसरी गनुहुन्छ विद्यालय सञ्चालक अध्यक्ष राजेश कार्की –‘शक्षण प्रकृयाका क्रियाकलापहरु पनि अरु विद्यालयहरु भन्दा हामी यसमानेमा फरक छौं कि हामीले विद्यार्थीलाई नेपाल सरकारले तोकेको करिकुलम अनुसारका कितावहरु लगाएर ती किताव पनि दिनमा चारवटा मात्रै घण्टी पढाउने गरेका छौं ।’

विद्यालयका गतिविधिहरु
— कक्षा ८, ९ र १० लाई बिहान ६ बजेदेखि बेलुका ५ बजेसम्म कक्षा संचालन गर्दै आएको छ ।
— कमजोर विद्यार्थीहरुका लागि छुट्टै कक्षा संचालन गर्दै आएको छ ।
— विद्यार्थीहरुका ब्यक्तित्व विकासका लागि गायन, नृत्य तथा कम्प्युटर कक्षा सञ्चालन गर्दै आएको छ ।
— शिक्षकको क्षमता बृद्वि गर्न समय–समयमा तालिमको व्यवस्था गर्दै आएको छ ।
— विद्यार्थीको नियमित सरसफाइ र अनुशासनको मूल्याङ्कन गरी बार्षिक पुरस्कार वितरण गर्दै आएको छ ।
— दलित, जेहेन्दार तथा पिछडिएका विद्यार्थीहरुलाई छात्रवृत्तिको ब्यावस्थ गरिएको छ ।
— विद्यार्थीहरुको आवश्यकतालाई मध्य नजर गर्दै आफ्नै स्कुल बसको ब्याबस्था गरिएको छ ।
— कक्षा नर्सरी, एलकेजी, युकेजीमा CPS पद्धतिद्वारा बालमनोविज्ञानमा आधारित शिक्षण कार्य गर्दै आएका छ ।
—प्ले ग्र’पका नानीहरुलाई कक्षाकोठा भित्रै शिलबद्ध खेलकुदका सामग्री सहित अध्ययनको वातावरण मिलाएका छ ।
—कक्षा नर्सरी, एलकेजी, युकेजीका विद्यार्थीहरुलाई प्रिन्टेड होमवर्क को व्यवस्था गर्दै आएका छ ।
—विद्यार्थीको चौतर्फी विकासका लागि प्रत्येक कक्षाको छुट्टाछुट्टै शैक्षिक अवलोकन भ्रमणको व्यवस्था गर्दै आएका छ ।
—विद्यार्थीको व्यक्तित्व विकासका लागि साताको अन्तिमदिन शुक्रबार अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै आएका छ ।
—विभिन्न विद्यालय, संघ संस्था, जिल्ला तथा राष्ट्रियस्तरमा सञ्चालन भएका विभिन्न प्रतियोगितामा विद्यार्थी सहभागि गराउँदै आएका छ ।
—निरन्तर विद्यार्थी म“ल्यांकन अन्तरगत साप्ताहिक, मासिक, त्रैमासिक, वार्षिक तथा प्रयोगात्मक परीक्षा प्रणाली अपनाएका छ ।
—शिक्षकको क्षमता अभिवृद्धि गर्न समय–समयमा शिक्षक तालिमको व्यवस्था मिलाएका छ ।
—विद्यार्थी तथा अभिभावकको चाहनालाई ध्यानमा राखी २०७५ सालको शैक्षिक सत्रबाट स्कुल बस र दिवा छात्रावासको व्यवस्था मिलाएका छ ।
—मौलिक संस्कृतिको सम्बद्र्धन गर्न हरेक महिनाको अन्तिम शुक्रबार विद्यार्थीले आफ्नो जातीय तथा राष्ट्रिय पोशाकमा विद्यालय आउने वातावरण सृजना गरेका छ ।
—यसैगरी जनियर रेडक्रस सोसाइटी गठन गरी विद्यार्थीलाई विविध सामाजिक कार्यमा अग्रसर गराउँदै आएका छ ।
—माउन्ट हर्मोन बाल एकता सञ्जाल गठन गरी विद्यार्थीहरुको व्यक्तित्व विकास, नेतृत्व विकास र प्रतिभाको प्रष्फुटन गराउँदै आएका छ ।.

नेपाल सरकार सामाजिक विकास मन्त्रालय अन्तरगतको कार्यक्रमलाई पनि विद्यालयमा प्रवेश गराई सगरमाथा टिन्स क्लब गठन गरी विद्यार्थीको नेतृत्व विकासमा प्राथमिकता दिएका छ ।

‘स्वस्थ जीवनका लागि खेलकुदु भन्ने नारालाई सार्थक बनाउन विद्यालयमा खेलकुद प्रशिक्षक नियुक्ती गरी विद्यार्थीको खेलकुदप्रतिको रुचिलाई सम्बोधन गर्दै आएका छ । साथै संसारमा लोकप्रिय खेल तेक्वान्दोलाई पनि विद्यालयमा भित्र्याई विद्यार्थीलाई प्रशिक्षण दिंदै आएका छ ।.

सांगीतिक क्षेत्रमा योगदान दिने उद्देश्यले बाद्यबादनका दक्ष प्राविधिक तयार गरी माउण्ट हर्मोन च्युजिकल व्याण्ड तयार पार्न सफल भएका छौं ।
भावि योजनाहरु:

— निकट भबिष्यमा इमेल, इन्टरनेटको सहायाताले प्रभावकारी शिक्षा दिने योजना रहेको छ ।
— निकट भबिष्यमा सुविधासम्पन्न भवन निर्माण गर्ने र छुटै प्रयोगशाला, पुस्ताकालयको व्यवस्था गर्ने ।
— १८ जनालाई दिइदै आएको छात्रवृत्ति क्रमशः बढाउँदै लाने ।
— विद्यालयको जमीनमा सुबिधाजनक खेलमैदानको ब्याबस्था गरिने छ ।
— विद्यालयको जमिनमा बोटानिकल गार्डेनको ब्याबस्थापन गर्दै लगिने छ ।
—निकट भविष्यमा कक्षा १२ सम्म बढाउदै लगिने छ ।
— पूर्व प्राथमिक कक्षा सञ्चालन गरेको CPS पद्धतिलाई निरन्तरता दिने व्यवस्था रहको छ ।
— विज्ञान प्रयोगशाला, पुस्तकालय तथा खेल मैदानलाई अझ व्यवस्थित गरेको छ ।
विद्यलायले शैक्षिक सत्र २०७७ बाट सीमित अभिभावकको लागि आफ्ना नानीहरुका नाममा विद्यालयमा दुई लाख रुपैयाँ जम्मा गरेपछि कक्षा १० सम्म कुनै शुल्क तिर्न नपर्ने र कक्षा १० उत्तिर्ण गरे पश्चात् उक्त रकम फिर्ता हुने सुविधा मिलाएको छ ।

विद्यालयले आपत् विपत् जहिले जहाँसुकै र जसलाई पनि आउन सक्छ भन्ने तथ्यलाई मनन् गर्दै शैक्षिक सत्र २०७७ देखि विद्यार्थीलाई अधिकतम दुई लाख सम्मको निःशुल्क दुर्घटना विमा कार्यक्रम लागू गर्ने योजना बनाएको छ ।

विद्यायका प्रिन्सिपल होम थापामगरले नविनतम शिक्षण विधिद्वारा शिक्षण कार्य अगाडि बढाउन कक्षा ८, ९र १० मा स्टिम एजुकेशन मार्फत् रोवटिक्स एजुकेशन लागू गर्ने योजना बनाएका बताए ।

विद्यालयका निर्देशक तथा अध्यक्ष
राजेश कार्की

हामीले यस विद्यालय स्थापना गर्नुको मुख्य उद्देश्य ग्रामिण भेगमा रहेका स्थानीय बालबालिकाहरु जो आर्थिक अवस्थाले नाजुक छन्, सिप छ, क्षमता छ यद्यपि सहर केन्द्रित स’विधा सम्पन्न विद्यालय जान सकिरहेका छैनन्, हो यिनै स्थानीय बालबालिकाहरु संग रहेका अन्तर निहित सिप र क्षमता प्रस्फुटन गरी उनीहरुमा सकारात्मक सोचको विकास गराउँदै नियमित अध्ययन अध्यापनका अलावा संकारी, व्यवहारिक र चरित्रवान दक्ष जनशक्ति उत्पादन गर्नु नै हो।

हामी परम्परागत शिक्षण विधिमा विश्वास गर्दैनौं । धोकन्ती विद्याले आजको यस आधुनिक युगमा प्रतिष्पर्धा गर्न सक्दैन । त्यसैले समय सापेक्ष शिपमुलक तालिमको व्यवस्थापन लगायत एउटा असल विद्यार्थीमा हुनुपर्ने गुणहरु (तहगत रुपमा) के कस्तो हुनुपर्छ ? हामी निरन्तर रुपमा यिनै विषयहरुमा केन्द्रीत रही विशेषज्ञहरुसंग परामर्श गरिरहेका छौं र यसलाई निरन्तरता दिइनै रहेका छौं ।

शैक्षिक सत्र २०७५÷०७६ का लागि CPS -Complete Pre School) शिक्षण पद्धतिलाई अबलम्बन गरी उक्त कार्यक्रम सञ्चालनमा ल्याएका छौं । त्यस्तै विद्यार्थीको रुची र चाहनालाई मध्यनजर गर्दै थप अतिरिक्त कक्षाहरु सञ्चालनमा ल्याएका छौं । खेलकुद, संगीत (वाद्यवादन÷गायन÷नृत्य) लगायत चित्रकला, हस्तलेखनकला, उद्घोषण सम्बन्धि सीप आदि सञ्चालन भइरहेका छन् ।

समग्रमा हाम्रो Mount Hermon Children Academy विद्यालय एउटा विद्यार्थीको पूर्व प्रावि देखि मावि तहसम्म पूर्ण प्याकेजका रुपमा रहेकोमा विश्वस्त छ’ । त्यति मात्र हैन, बालबालिकाको सुरक्षाको निमित्त तथा शिक्षक शिक्षिकाको स्थायित्वका निमित्त समेत वीमाका कार्यक्रम लागू गर्ने तयारीमा छौं।

अन्त्यमा, हामी बोलीमा भन्दा कर्ममा बढी विश्वास गर्र्छौं  । हामी यिनै समाज र राष्ट्रका नागरिक हौं। सिंगो समाज र राष्ट्रको सकारात्मक रुपान्तरणमा हाम्रो भूमिका उल्लेख्य राख्नु पर्दछ । बच्चालाई सर्टिफिकेट अंकमा मात्र सिमित नगरी संगसंगै क्षमतावान समेत बनाउन’ पर्ने कुरामा केन्द्रीत रहन्छौं । फलस्वरुप यस विद्यालयको स्थापना भएको छोटो समयमा नै स्थानीय अभिभावक र विद्यार्थीको रोजाइको पहिलो विद्यालय Mount Hermon Children Academy रहेको छ ।

मोरङ कानेपोखरी–६ रमाइलो स्थित माउन्ट हर्मोन चिल्ड्रेन एकेडेमीले विविध कार्यक्रमका साथ मंगलबार पाँचौं वार्षिकोत्व तथा अभिभावक भेला सम्पन्न गरेको छ ।

वर्षिक उत्सवमा स्कुलमा अध्ययनरत विद्यार्थीहरुले गीत, नृत्य, नाटकगायतका विभिन्न प्रस्तुतीबाट उपस्थीत अभिभावक, शिक्षक र अतिथिहरुलाई दिनभरी मनोरञ्जन दिएका थिए ।सो अवसरमा शैक्षिक सत्र २0७४ मा कक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई पुरस्कार समेत प्रदान गरिएको थियो ।

ग्रामिण क्षेत्रमा स्थापना भई न्यूनतम शूल्क लिई संचालन भइरहेको उक्त विद्यालयले महंगो शूल्क लिई सहरमा संचालित विद्यालयहरुले जस्तै स्तरीय र समय सापेक्ष शिक्षा दिन सफल भएको छ । माध्यमिक तहसम्म संचालित उक्त विद्यालयले विगतका परीक्षाहरुमा उत्कृष्ट नतिजा ल्याउन सफल भैसकेको छ ।.

विद्यालय सञ्चालक समितिका अध्यक्ष राजेश कार्कीले आफुहरुले पैसा कमाउने उद्देश्यले विद्यालयको स्थापना गरेको नभई यस क्षेत्रमा अंग्रेजी माध्यमको विद्यालयको एकदमै आवश्यक परेकोले नानीहरुलाई सुविधाका लागि मात्र खोलेको दावी गरे । ‘हामीले गरिव तथा जेहेन्दार एवं असहाय विद्यार्थीहरुलाई छात्रवृृत्ति प्रदान गर्दै आएका छौं’–अध्यक्ष कार्कीले बताउनु भयो ।

त्यसका साथै अपाङ्ग, असहाय बालबालिकाहरुलाई स्थापनाकाल देखि नै छात्रवृत्ति प्रदान गर्दै आएको कार्कीको भनाई छ ।

विद्यालयको प्रिन्सिपल
होम थापा मगर

माउन्ट हर्मोन चिल्ड्रेन एकेडेमीलाई यस क्षेत्र कै नमुना विद्यालय बनाउने अभियानमा छौं । यस अभियानलाई आदरणीय अभिभावक ज्यूहरुले पनि उत्तिकै साथ र सहयोग गरिरहनु भएको छ । यस विद्यालयले समय सापेक्ष शिक्षा प्रदान गर्दै आइरहेको पनि सबैलाई जानकारी गराउँद छु । यस विद्यालयमा प्रि–प्राइमरीमा सीपीएस पद्धतीद्वारा अध्यापन गराइँदै आएको छ, जहाँ बालबालिकाहरु खेल्दै सिक्छन् ।

 

हामी बालबालिकाह?लाई डाक्टर, इन्जिनियर बनाउँछौं भन्दैनौं तर उनीहरुलाई गरिखान सक्ने बनाउँछौं . त्यस्तै विद्यार्थीको शैक्षणीक विकासका साथै चौतर्फी विकासका लागि हामीले विभिन्न खालका कार्यक्रमह? सञ्चालन गर्दै आएका छौं ।

सम्बन्धित खवर