कानेपोखरी गाउँपालिकामा आजदेखि सवै विद्यालय खुल्दै

मंसिर १० गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका क्षेत्र भित्रको सामुदायिक र संस्थागत विद्यालयहरु आज देखि खुल्ने भएको छ ।

सरकारले कोभिड–१९ संक्रमणको जोखिम नभएका अथवा कम भएका स्थानीय तहमा विद्यालय सञ्चालन गर्न पाउने गरी ‘विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा–२०७७’ जारी गरेपछि गाउँपालिकाले आज देखि विद्यालय खुलाउने भएको हो ।

गाउँपालिका शिक्षा शाखाले गत सोमबार सामुदायिक र संस्थागत विद्यालयहरुका प्रधानाध्यापकहरुको भेलामा विद्यालय सञ्चालन सम्बन्धी छलफल गरी बुधबारदेखि विद्यालय खुलाउने निर्णय गरेका थिए ।

विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा–२०७७, अन्तरगत रहेको ७ वटा विकल्पहरुमध्ये आफ्नो विद्यार्थीको संङ्ख्या र उपलब्ध भौतिक पूर्वाधार व्यवस्थापनमा सहज हुने गरी विकल्प रोजेर सञ्चालन गर्न शिक्षा शाखाले निर्देशन गरेको छ । शिक्षक, अभिभावक र व्यवस्थापन समितिसँग विद्यालय सञ्चालन गर्ने सम्बन्धमा छलफल गरेर निर्णय गरी निर्णय कपि गाउँपालिकाको शिक्षा शाखा पेश गरी स्वीकृती लिएर मात्र विद्यालय सञ्चालन गनुपर्ने गाउँपालिका शिक्षा शाखाका प्रमुख वेग प्रसाद काफ्लेले बताए ।

बैठमा सामुदायिक र संस्थागत विद्यालयको प्रअहरुले समय कम रहेकोले १ नम्बरको विकल्प प्रयोग गरी एकै समयमा सबै कक्षा सञ्चालन हुनुपर्नेमा जोड दिएका थिए ।

अहिले कानेपोखरी गाउँपालिकामा कोरोना भाइरसको संक्रमण अन्यको तुलनामा कम हुदै गइरहेको छ । पालिका क्षेत्रमा संक्रमण बढेमा विचैमा पनि फेरी विद्यालय बन्द गर्नुपर्ने अवस्था आउन सक्ने गाउँपालिका अध्यक्ष ताराहादुर काफ्लेले बताए । विद्यालय सञ्चालन गर्दा जनस्वास्थ्य एवं सुरक्षा सम्बन्धी मापदण्डहरु भने पूर्णरुपमा पालना गर्नुपर्नेछ । त्यसको अनुगमन स्थानीय सरकार आफैले गर्न सक्नेछ ।

यस क्षेत्रमा एउटा बहुमुखी क्याम्पस सहित २३ वटा सामुदायिक विद्यालय र २० वटा संस्थागत विद्यालय सञ्चालनमा रहेको छ । यस अघि कोभिडको कारण बन्द रहेको विद्यालय संक्रमण कम भएपछि १५ दिन कक्षा सञ्चालन भएको थियो । १५ दिन सञ्चालन भएपनि विद्यालयमा विद्यार्थीको संख्या भने ४० प्रतिशत मात्र उपस्थीत रहेका थिए । सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीहरुले शैक्षिक सत्र सुरुमै किताब र कपी खरिद गरि सकेको छ ।

 

 

 

 

सम्बन्धित खवर