पुस २६ गते, पथरी । पथरीशनिश्चरे नगर पालिकाको विभिन्न वडामा संचालन भईरहेको योजनाहरुको अनुगमन् भएको छ ।
नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको नेतृत्वको सहितको प्राविधिक सहितको टोलीले ३ वटा साना पुल (बक्स कल्भर्ट) निर्माण योजनाको अनुगमन् भएको हो ।
वडा नम्बर २ र ३ को सीमानामा पर्ने कसेनीस्थित लाटी होलीमा निर्मित पुलको अनुगमन् गरेको छ । वडाको विकट क्षेत्रको रुपमा चिनिने सो ठाउँमा २ र ३ नम्बर वडाको २१ लाख ३७ हजार ३ सय ४४ रुपैयाँको लगानीमा १० मिटर लम्बाई र ५ मिटर चौडाईको पुल निर्माण भएको हो ।
यसैगरी, वडा नम्बर ३ र ७ को सीमानाको रवि चोक स्थित गोही होलीमा नगरपालिकाको ३४ लाख ५४ हजार १ सय ६२ रुपैयाँको लागतमा निर्मित ९ मिटर लम्बाई र ७ मिटर चौडाईको पुलको पनि टोलीले उसैगरी अनुगमन् गरेको छ ।
टोलीले वडा नम्वर ६ र ८ को सीमानाको कुशल बजार पश्चिम केर्खा खोलामा नगरको २४ लाख ९२ हजार २ सय ४ रुपैयाँको लागतमा निर्मित १० मिटर लम्बाई र ५ मिटर चौडाईको पुलको पनि अनुगमन् गरेको छ ।
अनुगमन् समिति सदस्य प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमला, कार्यपालिका सदस्य यामप्रसाद गुरागाईं र मैनाकुमारी राई लिम्बू तथा प्राविधिक दीपक आचार्य सहितको टोलीले अनुगमन् गरेको हो ।