एनआरएनए माल्टाको उपाध्यक्ष पदमा नविन गिरिको उम्मेद्बारी

अशोक फुयल

साउन ५ गते, झापा । झापा जिल्लाको हल्दीबारी–३ को नविन गिरीले आगामी हुने एनआरएनए माल्टाको निर्वाचनमा उपाध्यक्ष पदको उमेदवारी घोषणा गरेको छ ।

एनआरएनए माल्टाको आगामी हुने निर्वाचन २०२१– २०२३ को ‘साझा प्यानल’ नामको समुहबाट उपाध्यक्ष पदमा उम्मेद्वारी दिएको हो । गिरी सन २०१७ देखि वैदेशिक यात्राको क्रममा माल्टा बस्दै आएका छन् ।

एनआरएनए माल्टाको २०१९ बाट उपाध्यक्ष, माल्टामा स्थापित नेपाल माल्टा कम्युनिटिको तत्कालीन अध्यक्ष र विभिन्न सामाजिक संघसस्थामा आवद्ध रहेर उदाहरणीय कार्य गर्दै आफ्नो पदीय भूमिका जवाफदेही रूपमा झण्डै ५ बर्ष सम्म निर्वाह गर्दै आइरहेको थियो । कम्पुटर साइन्स अध्यन गरेका गिरी नेपालमा रहदा लामो समय शिक्षक पेशामा आवद भएका थिए ।

नेपालदेखि नै समाजका हरेक क्रियाकलापमा सक्रियतापूर्वक सहभागिता जनाउदै आएको गिरी माल्टा प्रवेशसंगै समाजिक सघसंस्था मार्फÞत सामाजिक सेवा र मानवीय सेवामा सहकार्य गर्दै आएका थिए । माल्टा बस्दै गर्दा जीवनको यो कालखन्डमा आएर नेपाल प्रतिको गहिरो माया र आगामी जेनेरेसन सहितको नेपाली कम्युनिटी प्रतिको आफ्नो जिम्मेवारी बोध गर्दै, व्यक्तिगत तथा प्रोफेसनल अनुभवबाट सिकेका विशेषज्ञतालाई कम्युनिटीसामु पुर्याई केहि योगदान गर्ने उनको भनाई छ । ।

उनका अनुसार मुख्यरुपमा पार्दर्शिता, समावेसी, सहभागिता र जवावदेहिता एनआरनको आधारभुत आवस्यकता र दिर्घकालिन समाधान हो । गिरीले सम्पुर्ण माल्टाबासी नेपाली दाजुभाइ दिदिबहिनीहरुमा आगामी जुलाई अन्त्यमा हुन गइरहेको निर्वाचनमा सहभागी भै आफ्नो अमुल्य मत दिएर बिजयी बनाउनु समेत आग्रह गरेका छन् ।

सम्बन्धित खवर