शुक्रबार, अशोज ३१, २०८२

दिगोपन उद्यमी महिला सहकारीको ३ लाख नाफा

 

मंसिर २८ गते, कानेपोखरी । मोरङको कानेपोखरी–७, बरगाछिमा स्थापित दिगोपन सामाजिक उद्यमी महिला सहकारी संस्थाको १० औं साधारण सभा सम्पन्न भएको छ ।

मंगलबार संस्थाको भवनमा साधारण सभा सम्पन्न भएको हो । बार्षिक साधारण सभामा संस्थाले ३ लाख ४ हजार ५ सय २७ रुपैया रकम गरेको आम्दानी गरेको प्रतिवेदन प्रस्तुत गरेकी थिइन । कार्यक्रममा संस्थाका अध्यक्ष उमा राना मगरले प्रतिवेदन प्रस्तुत गर्दै उपस्थित सेयर सदस्यहरु माझ सार्वजनिक गरेकी थिइन । गत बर्ष संस्थाले १ लाख ७७ हजार ६ सय ८९ रुपैया शुद्ध बचत गरेको थियो ।

संस्थाले यस यस बर्ष सेयर पूजी ४२ लाख १० हजार ३ सय रुपैया पुर्याएको छ । यस बर्ष संस्थाले २ करोड, ४५ लाख, ४१ हजार ६ सय ३८ रुपैया बचत गरेको छ । त्यसैगरी कोष हिसाव ७८ लाख ५१ हजार ४ सय १० पुगेको छ । त्यसैगरी सेयर सदस्यहरु १ देखी २ माउ बाख्रा पाल्ने ३४६ घर, ३ देखी १० माउ बाख्रा १९७ घरधुरी , ११ देखी २० माउ बाख्रा पाल्ने १७ घरधुरी र २० माउ बाख्रा भन्दा माथी पाल्ने ७ घरधुरी रहेको प्रतिवेदनमा उल्लेख छ । संस्थाले यस आर्थिक बर्षमा ५१४ साना पशु, ४९ वटा ठुलो पशुको विमा गरेको छ । ति मध्ये २८ वटा साना पशुको मृत्यु भएकोले क्षतिपूर्ति बापत ३ लाख ७१ हाजर ५ सय रुपैया मध्ये २ लाख शेयर सदस्यको दुर्घटना विमाको रकम भुक्तानी दिएको छ ।

किसानको उत्पादनको उचित मुल्य, बिचौलियाको अन्त्य र बजारीकरण सुनिश्चितताको लागि संस्थाले २०७३ साल देखी जिवित तौल अनुसार खसिबोका खरिदबिक्रि व्यवसाय, पशु सन्तुलित आहार, उन्नत जातका घासका बिऊ बिजन खरिद बिक्रि गदै आइरहेका छन् । संस्थाले किसानले पालेको खसीबोका, पाठापाठी उचित मुल्यमा खरिद गरी बजार खोजि बिक्रि गर्दै आएको छ । कार्यक्रममा संस्था सम्म आउने सडक ग्राभेलको लागि रकम छुट्याउन गाउँपालिकासँग संस्थाकी अध्यक्ष मगरले अनुरोध गरेका थिए । । ४१ वटा महिला समूह मध्ये २४ वटा समूह मिलेर २०६८ सालमा संस्था सुरु गरेका थिए । ९०२ महिला र १८ जना पुरुष गरी जम्मा ९ सय २० जना सदस्य रहेका छन् ।

कार्यक्रम उमाराना मगरको सभापतीत्वमा र कानेपोखरी गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेको प्रमुख आथिथ्यमा साधारण सभा सम्पन्न भएको थियो । त्यसैगरी अतिथिहरुमा वडा नं. ७ का वडाध्यक्ष मोहन अधिकारी, ६ का वडाध्यक्ष खड्ग बस्नेत, ग्रामिण सुधार सामुदायिक वनका अध्यक्ष नविन राई, मदन भण्डारी प्रतिष्ठान उर्लाबारीका रुद्ध बहादुर तामाङ, अभियान नेपालका हेम श्रेष्ठ, हिम प्रसाद तिम्सिना, परिश्रमी सामाजिक उद्यमि महिला सहकारी संस्थाका अध्यक्ष गंगा श्रेष्ठ लगाएतले शुभकामना मन्तव्य दिएका थिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Nigranitimes.