मनोरञ्जन

कानेपोखरीको जितमान चोकमा जितिया विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न

२० असोज, मोरङ । थारू महिलाहरूको सांस्कृतिक पर्व जितियाको अवसरमा कानेपोखरी गाउँपालिका–४ नारायणचोकस्थित जितमान चोकमा जितिया विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

थारू कल्याणकारी सभा कानेपोखरी गाउँपालिका समितिको आयोजनामा भएको कार्यक्रम सभाका अध्यक्ष विजय चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको प्रमुख अतिथि वडा नं. –४ का वडाध्यक्ष रमेश राउत, कार्यक्रमका विशिष्ट अतिथि वडा नं.–५ का वडा सदस्य तथा न्यायिक समिति सदस्य रखिलाल चौधरी र समितिका पूर्वसभापति विद्यानन्द चौधरी लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि अतिथि रहेका थिए ।

थारू समुदायको मौलिक कला, संस्कृति, भाषा, भेषभूषा तथा परम्पराको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा थारु सांस्कृतिक गायक सुनिल चौधरी र गायिका अञ्जना चौधरीले सांगीतिक प्रस्तुति दिएका थिए । उनीहरूको तितिया गीतमा कार्यक्रममा सहभागी दर्शकहरूले मनोरञ्जन लिएका थिए ।

त्यसैगरी स्थानीय कलाकारहरूले विभिन्न आकर्षक नृत्य तथा सांस्कृतिक प्रस्तुति दिएका थिए । कार्यक्रममा थारू समुदायको मौलिक गीत, संगीत, नृत्य तथा सांस्कृतिक पहिचान झल्कने प्रस्तुतिहरू प्रस्तुत गरिएको थियो ।

जितिया पर्वको धार्मिक तथा सांस्कृतिक महत्वलाई नयाँ पुस्तासम्म पु¥याउने तथा थारू समुदायको मौलिक संस्कृति संरक्षणमा योगदान पु¥याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक समितिका उपाध्यक्ष भादुलाल चौधरीले बताए ।

कार्यक्रममा स्थानीयवासी तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो । आयोजकका अनुसार यस्ता सांस्कृतिक कार्यक्रमले थारू भाषा, कला, संस्कृति र परम्पराको संरक्षणसँगै पुस्तान्तरणमा समेत महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया