मोरङबाट प्रतिनिधिसभाका ३ र प्रदेशसभाका ११ जनाद्वारा उम्मेदवारी फिर्ता

असोज २६ गते, कानेपोखरी । मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि मोरङबाट उम्मेदवारी दिएका २२६ जना मध्ये ११ जनाले फिर्ता लिएका छन् ।

उम्मेदवारी फिर्ता लिएका मध्ये ३ जना प्रतिनिधिसभातर्फ उम्मेदवारी दिएका थिए भने ८ जना प्रदेशसभातर्फ उम्मेदवारी दिनेहरु रहेको प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेवन कश्यप अधिकारीले जानकारी दिए ।

प्रतिनिधिसभा तर्फ क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवारी दिएकी सुजाता थापा, क्षेत्र नं. ४ बाट स्वतन्त्र उम्मेदवारी दिएका गोकुलप्रसाद पोखरेल र क्षेत्र नं. ४ बाट लोकतान्त्रिक समाजवादी पार्टीका राजु मण्डल राजवंशीले उम्मेदवारी फिर्ता लिएका हुन् ।

प्रदेशसभा तर्फ क्षेत्र नं. १ (ख) बाट स्वतन्त्र उम्मेदवारी दिएका डिल्लीराम शर्मा अधिकारी, क्षेत्र नं. ३ को (ख) बाट स्वतन्त्र उम्मेदवारी दिएका तिलकप्रसाद राई र कञ्चनकुमार बुढाथोकीले उम्मेदवारी फिर्ता लिएका छन् ।

क्षेत्र नं. ४ को (ख) बाट नेकपा एकिकृत समाजवादीका महेश रेग्मी, क्षेत्र नं. ५ को (ख) बाट स्वतन्त्र उम्मेदवारी दिएका भूराज राई, क्षेत्र नं. ६ को (ख) बाट नेकपा एकिकृत समाजवादीका उम्मेदवार वसिम आलम, स्वतन्त्र उम्मेदवार जीवनकुमार गुप्ता रसुरेशकुमार श्रेष्ठले उम्मेदवारी फिर्ता लिएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख अधिकारीले जानकारी दिए ।

सम्बन्धित खवर