रमाइलो चोकमा जेसिज स्तम्भको अनावरण, दुईजना जनप्रतिनिधि सम्मान

पुस २, कानेपोखरी । मोरङ कानेपोखरी –६ स्थित रमाइलो चोकमा जेसिज स्तम्भको अनावरण गरिएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरी जेसिज स्तम्भको अनावरण गरिएको हो ।

स्तम्भकाको कानेपोखरी गाउँपालिका निर्वतमान अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि ताराबहादुर काफ्लेले अनावरण गरेको थियो । गाउँपालिका निर्वतमान अध्यक्ष काफ्लेले रमाइलोको मुख्य चोकमा आफ्नो कार्यकालमै स्तम्भको शिलान्यास गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि काफ्लेले रमाइलो जेसिजले युवाहरुको नेतृत्व र क्षमताको विकास गर्दै आएको बताए ।

कार्यक्रममा रमाइलो जेसिजले दुईजना वडाध्यक्षलाई सम्मान गरेका थिए । वडा नंं. ६ का वडाध्यक्ष खड्ग बस्नेत र वडा नं. ४ का रमेश राउतलाई सम्मान गरिएको थियो । दुवैजनालाई जेसिज बर्ष २०२२ का पे्रसिडेण्ट सन्तोष फुयलले सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

कार्यक्रमको संयोजन जेसी मनोज अधिकारी र सञ्चालन रमाइलो जेसिजका महासचिव अनिल कार्कीले गरेका थिए ।

 

सम्बन्धित खवर