गाउँपालिकाको स्थापना दिवसमा हाजिरीजवाफ प्रतिगोगिता, वडा नं. ७ प्रथम

फागुन २८ गते, बयरवन । मोरङको कानेपोखरी गाउँपालिकाको छैटौं स्थापना दिवसमा पालिका स्तरीय हाजिरीजवाफ प्रतियोगिता आयोजना गरी सम्पन्न गरिएको छ ।

गाउँपालिकाको “मैले तिर्ने कर, गाउँपालिकाको भर“ अभियान कार्यान्वयनमा लैजाने उद्देश्यले खुला हाजिरीजवाफ प्रतियोगिता गरिएको हो । वडा नं. १ देखी ७ सम्मको २८ वटा टिममा ८४ जना विद्यार्थीले प्रतियोगितामा सहभागि जनाएको थियो । प्रतियोगितामा एसईई पास भई उच्च शिक्षा पढ्दै गरेका विद्यार्थीहरु सहभागि हुने व्यवस्था थियो ।
प्रतियोगितामा वडा नं. ७ का शशांक कोइराला, विश्वनाथ भट्टराई र आचल भट्टराई टिमले प्रतियोगिताको प्रथम भएका थिए । उनिहरले नगद ६० हजार रकम पुरस्कार र प्रमाणपत्र प्राप्त गरेका थिए । त्यसैगरी वडा नं. ६ का कमल आचार्य, युवराज कार्की र सुस्मिता चौधरीको टिम दोस्रो भएका थिए । उनिहरुले नगद ४५ हजार रकम पुरस्कार र प्रमाणपत्र प्राप्त गरेका थिए ।त्यसैगरी वडा नंं ५ का मौसम पोखरेल, महिमा राजबन्शी र सर्मिला थापाका टिम तेस्रो भएका थिए । उनिहरुले नगद ३० हजार रकम पुरस्कार र प्रमाणपत्र प्राप्त गरेका थिए । त्यसैगरी प्रतियोगितामा वडा नं. २ बाट रिजन फूयल, लिला सुवेदी र विवेश थापाको टिम चौथो भएका थिए । उनिहरुले सान्त्वना पुरस्कार वापत नगद १५ हजार रकम र प्रमाणपत्र प्राप्त गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि कानेपोखरी गाउँपालिका अध्यक्ष राजमती इङ्ना र विशिष्ट अतिथि उपाध्यक्ष भोल प्रसाद अधिकारीले प्रमाण पत्र र रकम हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अघिकृत सन्तोष घिमिरेले कार्यक्रमको औचित्य माथी प्रकाश पार्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष राजमती इङ्ना, विष्टि अतिथि उपाध्यक्ष भोला प्रसाद अधिकारी, अतिथिहरु वडा नं. ३ वडा अध्यक्ष गोपाल बहादुर कार्की, ६ का खड्ग बस्नेत, ५ का चरण गुरुङ र ७ का मोहन प्रसाद अधिकारी रहेका थिए ।

त्यसैगरी कार्यक्रममा नेपाली कांग्रेसबाट गाउँ सभापती योगेन्द्र दाहाल र एमाले बाट जिल्ला सदस्य नविन पौडेल अतिथिरहेका थिए । त्यसैगरी विभिन्न संघसंस्थाका प्रतिनिधि अतिथि रहेका थिए । कार्यक्रमको सभाध्यक्ष वडा नं. ४ का वडा अध्यक्ष तथा अस्पाताल व्यवस्थापन समितिका अध्यक्ष रमेश राउतको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कानेपोखरी गाउँपालिका प्रवक्ता तथा वडा नं. २ का वडा अध्यक्ष सुशिल बुढाथोकीले कार्यक्रम संचालन गर्नुभएको थियो ।

 

सम्बन्धित खवर