पथरीका टिकारामको उपचारमा सहयोगको अपील

फागुन २९ गते, उर्लाबारी । मोरङको पथरीशनिश्चरे–३ स्थित सुन्दरी चौक सिद्धार्थ टोलका टिकाराम शेर्मा (टिकु) को उपचारमा सहयोगको अपील गरिएको छ । आमाशय र आन्द्रा ड्यामेज भएर काठमाडौंको टिचिङ हस्पिटलमा उपचाररत शेर्माको आर्थिक अभाव भएपछि सहयोगको अपील गरेको हो ।

तीन महिनादेखि टिचिङ हस्पिटलको आइसीयूमा उपचाररत शेर्माको उपचारमा हालसम्म १० लाखभन्दा बढी खर्च भइसकेको छ । उपचारमा भएभरको सम्पत्ति सकिएपछि ३५ वर्षीय टिकुको उपचारका लागि परिवारले सहयोगका लागि सबै सक्षम आग्रह गरेको हो । ‘तीन महिनादेखि आइसीयुमा राखेर उपचार भइरहेको छ’ टिकुकी श्रीमती सुस्मा घलेले भनिन्, ‘आफूसँग भएको पैसा पनि सकियो, ऋण खोजेर पनि खर्च गरियो अब थप उपचारका लागि पैसा छैन ।’

‘छोरो निको भएर घर फर्कन चाहन्छ’ श्रीमती सुस्मा घलेले भने, ‘सबैको साथ सहयोग रह्यो भने उपचार सम्भव होला ।’ उनले देशविदेशमा रहेका मनकारी नेपाली दाजुभाइ, दिदीबहिनीलाई सहयोगका लागि आग्रह गरेका छन् । सहयोग गर्न इच्छुकले टिकुकी श्रीमती सुस्माको फोन ९८०२७०९६११ वा बिरामीसँगै रहेका दाइ सूर्यकुमार गुरुङको नाममा रहेको सिद्धार्थ बैंकको खाता नम्बर ०२४१८८६३४६० मा रकम जम्मा गर्न सक्नुहुनेछ ।

सम्बन्धित खवर