रमाइलो क्याम्पसमा गठबन्धनलाई हराउर्दै अनेरास्ववियुको प्यानल विजयी

चैत्र ५ गते, कानेपोखरी । रमाइलो बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेविसंघ र अनेरास्ववियु(क्रान्तिकारी)को गठबन्धनलाई हराउर्दै अनेरास्ववियुको प्यालन नै विजयी भएको छ ।

मोरङको कानेपोखरी ५ स्थित भौसाबारीमा रहेको क्याम्पसको स्ववियु निर्वाचनमा सभापतिका उम्मेद्वार मालती रेग्मीको प्यानल विजयी भएको हो । रेग्मीले ७० मत ल्याई सभापतिमा विजयी भएका छन् । सभापति प्रतिद्धन्दी गठबन्धनबाट अनेरास्ववियु(क्रान्तिकारी)का अनिस कार्कीले ६६ मत ल्याई पराजय भएका छन् । त्यसैगरी अर्का समताका सभापतिका उम्मेद्वार होमनाथ घिमिरेले २५ मत ल्याएका छन् ।

त्यसैगरी अनेरास्ववियुका सचिव पदका उम्मेद्वार खगेन्द्र लुइटेलले ८९ मत ल्याई विजयी भएका छन् । सचिव पदको प्रतिद्धन्दी गठबन्धनबाट नेविसंघका दिपेश सार्कीले ५८ मत ल्याएका थिए । त्यस्तै समता समूहका रामबहादुर पुरीले २४ मत ल्याएका थिए ।

त्यसैगरी अनेरास्ववियुबाट कोषाध्यक्ष पदका उम्मेद्वार निर्मला दंगालले ८० मत ल्याई विजयी भएका छन् । कोषाध्यक्ष पदका प्रतिद्धन्दी गठबन्धनबाट नेविसंघका सम्झाना श्रेष्ठले ६७ मत ल्याएका थिए । त्यसैगरी समता समूहका आसन बस्नेतले ११ मत ल्याएका थिए ।

त्यसैगरी सदस्यहरुमा अनेरास्ववियुका सुजता गिरीले ८९ मत, लिलामणी श्रेष्ठले ८८ मत र सुजता धिमालले ७७ मत ल्याएका थिए ।

त्यस्तै समानुपातिकमा अनेरास्ववियुबाट ३ जना र गठबन्धनबाट नेविसंघका २ जनाले जितेको निर्वाचन समितिका संयोजक गंगा यादवले बताए । कुल १९६ मतमा १६२ मत झरेको थियो ।

सम्बन्धित खवर