मोरङको १७ पालिकामा ८ अर्ब ५५ करोड ३ लाख विनियोजन

जेठ १६ गते, पथरी । सरकारले मोरङका १७ वटा स्थानीय तहलाई ८ अर्ब ५५ करोड ३ लाख रुपैयाँ विनियोजन गरेको छ । आर्थिक वर्ष २०८०/०८१ का लागि जिल्लाका स्थानीय तहरुलाई उक्त रकम विनियोजन गरिएको हो ।

विनियोजित रकममध्ये चालुतर्फ ७ अर्ब १९ करोड ११ लाख र पुँजीगततर्फ १ अर्ब २५ करोड ९२ लाख रुपैया विनियोजन गरिएको छ ।

मोरङमा एक महानगरपालिका, ८ नगरपालिका र ८ गाउँपालिका छन् । जसमध्ये विराटनगर महानगरपालिकामा चालुतर्फ १ अर्ब ६ करोड ११ लाख र पुँजीगततर्फ १३ करोड १३ लाख गरी १ अर्ब १९ करोड २४ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

यस्तै नगरपालिकाको कुल बजेट ४ अर्ब ३१ करोड ३१ लाख र गाउँपालिकाको बजेट ३ अर्ब ४४ करोड ८ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

नगरपालिकातर्फ सबैभन्दा बढी सुन्दरहरैँचामा ८० करोड ६७ लाख बजेट छ । जसको चालु खर्च ५४ करोड ५७ लाख र पुजीँगत खर्च २६ करोड १० लाख रहेको छ । गाउँपालिकातर्फ ग्रामथान गाउँपालिकाको बजेट सबैभन्दा बढी छ । चालुतर्फ ३४ करोड ३४ लाख र पुँजीगततर्फ ८ करोड ९० लाख रुपैयाँ गरी जम्मा ४३ करोड २४ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

उर्लाबारी नगरपालिकामा चालुतर्फ ४४ करोड ३३ लाख र पुँजीगततर्फ ३४ करोड ५ लाख गरी कुल जम्मा ७८ करोड ३८ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । पथरीशनिश्चरे नगरपालिकामा चालुतर्फ ४३ करोड २९ लाख र पुँजीगततर्फ २ करोड ६७ लाख गरी कुल जम्मा ४५ करोड ९६ लाख, बेलबारी नगरपालिकामा चालुतर्फ ४६ करोड ९३ लाख र पुँजीगततर्फ ४ करोड ९७ लाख गरी कुल जम्मा ५१ करोड ९० लाख, रंगेली नगरपालिकामा चालुतर्फ ४२ करोड ९२ लाख र पुँजीगततर्फ ५ करोड ७२ लाख गरी कुल जम्मा ४८ करोड ६४ लाख, रतुवामाई नगरपालिकामा चालुतर्फ ४५ करोड ८९ लाख र पुँजीगततर्फ ३ करोड ६७ लाख गरी कुल जम्मा ५० करोड ५६ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

यसैगरी लेटाङ नगरपालिकामा चालुतर्फ ३२ करोड २६ लाख र पुँजीगततर्फ २ करोड ८२ लाख गरी कुल जम्मा ३५ करोड ८ लाख र सुनवर्षी नगरपालिकामा चालुतर्फ ३६ करोड ४४ लाख र पुँजीगततर्फ ३ करोड ६८ लाख गरी कुल जम्मा ४० करोड १२ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

कटहरी गाउँपालिकामा ३७ करोड ८३ लाख, कानेपोखरी गाउँपालिकामा ३९ करोड ७१ लाख, केराबारीमा ३३ करोड ६६ लाख, जहदामा ३६ करोड २६ लाख, बुढिगंगामा ३९ करोड २६ लाख र मिक्लाजुङ गाउँपालिकामा ३८ करोड ५५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

सम्बन्धित खवर