आफ्न्त कोही नआएपछि दुई पुरुषको शव कानेपोखरीको जंगलमा गाडियो

जेठ २७, कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिका २ र ७ नं. वडामा बेवारीसे अवस्थामा भेटिएको दुई पुरुषको शव पहिचान नभएपछि कानेपोखरीको जंगलमा गाडिएको छ ।

मदन भन्डारी अस्पताल ट्रमा सेन्टर मंगलबारेमा राखिएको शवको आफ्न्त कोही नआएपछि ७ दिनमा शव गाडिएको हो । दुवै पुरुषको शवलाई कानेपोखरी नगरप्रहरी प्रमुख युवराज भूजेलको नेतृत्वको टोलीले कानेपोखरी जंगलमा शुक्रबार गाडेका थिए । जेसीवि(माटो खन्ने औजार) ले पोष्टमार्टम गरी छुट्टा छुटै खाल्टो खनेर शवलाई गाडिएको नगरप्रहरी प्रमुख भूजेलले बताए ।

जेठ १८ गते वडा नं. ७, आइतबारेमा बेवारीसे अवस्थामा भेटिएको एक पुरुषको उपचारको क्रममा मृत्यु भएको थियो । अन्दाजी ४२ बर्षीय पुरुषको अस्पतालले सोे सोही दिन अपरान्ह ४ बजे मृत घोषणा गरेको थियो ।

जेठ २१ गते विहान वडा नं. २ स्थित चिसाङ खोलामा लगभग ७० बर्षीय वृद्धको मृत अवस्थामा स्थानीयले भेटेका थिए । प्रहरीले मुजुल्का बनाई शवलाई पोष्टमार्टमको लागि नगरप्रहरीले उर्लाबारी स्थित मदन भन्डारी अस्पताल ट्रमा सेन्टर मंगलबारेमा लगेका थिए ।

दुवै शवलाई नगरप्रहरी र इलाका प्रहरी कार्यालयको फेसबुकपेजमा सूचना गरेका थिए ।

सम्बन्धित खवर