ग्रामिण सुधार सामुदायिक वनको कार्यसमितिले लिए सपथ ग्रहण

असार ११, कानेपोखरी । कानेपोखरी गाउँपालिकामा रहेको ग्रामिण सुधार सामुदायिक वन तीन वटा वन समूहमा विभाजित भएपछि समूहले नयाँ कार्यसमिति पाएका छन् ।

ग्रामिण सुधार सामुदायिक वन उपभोक्ता समूहको २२ औं वार्षिक साधारण सभामा वन विभाजित गरेपछि ग्रामिण सुधार सामुदायिक वनले नयाँ कार्यसमिति पाएको हो । अर्को दुई वटा दहि लामिचौरी सामुदायिक वन र भुल्के सुन्तली सामुदायिक वन समूहको भने समितिमा विवाद देखिएकोले समिति चयन हुन सकेको छैन ।

ग्रामिण सुधार सामुदायिक वनको अध्यक्षमा देवेन्द्र थापा, वरिष्ठ उपाध्यक्ष नविन पौड्याल, उपाध्यक्ष इश्वरी जोगी घिमिरे, सचिवमा केदार राई, सहसचिवमा अशोक फुयल, कोषाध्यक्ष गीता बस्नेत कार्की, सदस्यहरु सुमन पौडेल, लिला बस्नेत, रामप्रसाद राई, प्रकाश राई, हर्क राजवंशी, अम्बिका राई, गिता जोगी, लिला वि.क, लिला दुलाल रहेका छन् । सदस्य थप १ जना ख वर्गबाट समेटीने छ ।

त्यसैगरी लेखा समितिका संयोजकमा मानवहादुर मगर, सदस्यहरु विमला कोइराला र चुडामणी भारती रहेका छन् । त्यस्तै अनुगमन समितिको संयोजकमा नविन राई, सदस्यहरुमा हरि प्रसाद न्यौपाने र कमला धिमाल चुनिएका छन् । यी समितिको नामहरु राजनितिक सहमतीबाट दलगत नाम ल्याएर साधरण सभामा नै नाम बाचन गरेर पास गरेका थिए । समितिका पदाधिकारी र सदस्यहरुले आज कार्यालयमा सपथ ग्रहण लिएका थिए ।

वनमा अहिले १ करोड ६० लाख, ४० हजार ४ सय ५ रुपैया ऋण छ । विभाजित तीन वटा वन समूहको नाम ग्रामिण सुधार सामुदायिक वन, दहि लामिचौरी सामुदायिक वन र भुल्के सुन्तली सामुदायिक वन रहेको छ । कुल क्षेत्रफल ८३९.२२ हेक्टर रहेको वनमा क, ख र ग वर्गमा ५ हजार ३ सय उपभोक्ता रहेका छन् । जसमध्ये ग्रामिण सुधार सामुदायिक वनको ३१२.०५ हेक्टर क्षेत्रफल रहेको छ । यसमा क वर्गका उपभोक्ता १०६४ जना र ख वर्गका उपभोक्ता १०४० जना रहेका छन् ।

सम्बन्धित खवर