किर्ते गरी नागरिकता बनाईदिने नक्कली बाबु कारागार चलान

साउन ३, विराटनगर । किर्ते गरी नागरिकता बनाईदिने नक्कली बुबा कारागार चलान भएको छ । झुठो नागरिकता बनाईदिने सुर्यहाङ लिम्बु र सुर्य बहादुर फ्याङ्ग लिम्बुलाई मोरङ जिल्ला अदालतले साउन १ गते पुर्पक्षको लागि कारागार चलान गरेको हो ।

मोरङ बेलबारी नगरपालिका–११ बस्ने भनि स्थायी ठेगाना जिल्ला ताप्लेजुङ मैवाखोला गाउँपालिका–४ घर भई हाल लेटाङ नगरपालिका–७ बस्ने बर्ष ६१ को सुर्यहाङ लिम्बु र जिल्ला सुनसरी धरान –११ बस्ने बर्ष ६० को सुर्य बहादुर फ्याङ्ग लिम्बुलाई पुर्पक्षको लागि कारागार चलान गरेको छ ।

सुर्य बहादुर फ्याकको योजनामा सुर्यहाङ लिम्बु नक्कली बाबु भई जिल्ला कास्की पोखरा महानगरपालिका–१० स्थायी घर भएका रविन गुरूङ, जिल्ला कास्की पोखरा महानगरपालिका–१२ बस्ने बर्ष १९ को प्रशान्त मगर र जिल्ला कास्की पोखरा महानगरपालिका–१६ बस्ने बर्ष २९ को गणेश गुरूङको झुठा विवरण पेश गरी क्रमशः सुरज लिम्बु, साजन लिम्बु र सविन लिम्बुको नाममा झुठो नागरिकता बनाएको थिए ।

सुर्य बहादुर फ्याक र सुर्यहाङ लिम्बुलाई झुठो नागरिकता बनाएको कसूरमा प्रहरीले पक्राउ गरी लामो अनुसन्धान पश्चात जेल चलान गरेको हो ।

 

सम्बन्धित खवर