गाउँपालिका क्षेत्रभित्रका सडक अवरोध गरेर सामाग्नी राखिएमा ५ हजार सम्म जरिवाना

साउन २६, कानेपोखरी । कानेपोखरी गाउँपालिका भित्रका सडकहरुमा सडक अवरोध गरी विभिन्न प्रकारका सामाग्रीहरु राखिएमा ५ हजार सम्म जरिवाना गर्ने भएको छ ।

कानेपोखरी–रंगेली सडक, कानेपोखरी–दोहमना सडक, सबै वडाको भित्री शाखा सडकहरुमा सडकको दुवै छेउमा विभिन्न सामाग्री राख्नेहरुलाई ५ सयदेखि ५ हजार सम्म जरिवाना गर्ने भएको हो ।

यसबारेमा एकहप्ता अघि देखि गाउँपालिका नगरप्रहरीले सार्वजनिक सूचना प्रकाशन गरी कानेपोखरी गाउँवासीलाई जानकारी गराएका छन् । सूचना एम्बुलेन्समा यसप्रमारका सूचना सवै वडा गरिसकेको छ ।

सडकको दायाँवाया पशु चौपाया बाँध्ने, दाल रोप्ने, वोटविरुवा र घाँसको विरुवा लगाउने, ईटा, ढुङ्गा, बालुवा राख्ने, मकै र धान सुकाउने जस्ता कार्यहरु बन्द गर्नुपर्ने सूचना जारी गरिएको छ । सूचना अटेर गर्नेलाई जरिवाना सहित कारवाही पनि गरिने नगरप्रहरीले जनाएको छ ।

विभिन्न किसिमका सडक अवरोधले सडक दुर्घटना दिनदिनै बढ्र्दै गएकोले यस प्रकारका कदम चाल्नुपरेको नगरप्रहरी प्रमुख युवराज भूजेलले बताए । अहिले सवैलाई सूचना बारेमा अवगत गराउँदै नगरप्रहरीको टिमले सामाग्री हटाउने र विभिन्न रुखको विरुवा काट्ने काम गरिरहेको छ ।

भदौ ७ गते सम्म सवै वडाको सडकमा पुग्ने काम सम्पन्न गर्ने र त्यसपछि सडक अवरोध गरिएको पाइएमा जरिवाना र कारवाहीसँगै गरिने नगरप्रहरी प्रमुख भूजेलले बताए ।

 

सम्बन्धित खवर