एनप्याब्सन कानेपोखरीद्धारा हाजिरीजवाफ, हिज्जे र निबन्ध लेखन प्रतियोगिता

भदौ २६, रमाइलो । ५९ औं राष्ट्रिय बाल दिवसको अवसरमा एनप्याब्सन कानेपोखरीले हाजिरीजवाफ, हिज्जे र निबन्ध लेखन प्रतियोगिता सम्पन्न गरेको छ ।

मंगलबार भएको कार्यक्रममा हाजिरीजवाफ प्रतियोगितामा माउन्ट हर्मोन चिल्डे«न एकेडेमी स्कुल प्रथम भएका थिए । स्कुलबाट रोजन अधिकारी, कृष्ण अधिकारी र बर्षा मगर सहभागि थिए ।

माउन्ट हर्मोन

त्यसैगरी मकालु मोरङ बोर्डिङ स्कुल दोस्रो भएका छन् । त्यस्तै तेस्रो रमाइलो बालजगत बोर्डिङ स्कुल भएका छन् भने सान्तावाना बालज्योती एकेडेमी भएका छन् । निजी र सामुदायिक स्कुलबाट १६ बटा स्कुलले सहभागिता जनाएको थियो । आधारभूत तह स्तरीय हाजिरीजवाफ प्रतियोगिता भएको थियो ।

त्यस्तै निबन्ध लेखन प्रतियोगितामा प्रथम पिनाकल ज्ञान मन्दिरका छात्रा अर्पणा पौडेल भएका छन् । माउन्ट हर्मोन स्कुलका छात्रा दिपिका गजमेर द्धितीय भएका छन् । त्यस्तै तृतिय मकालु मोरङ इङ्लिस स्कुलकी नविना दास भएका थिए । सान्तावाना आर्दश इङ्लिस स्कुलका सारुल ओझा भए ।

मकालु मोरङ बोर्डिङ स्कुल

त्यस्तै हिज्जे प्रतियोगितामा प्रथम आर्दश इङ्लिस स्कुल, द्धितीय माउन्ट हर्मोन चिल्ड्रेन एकेडेमी, तृतीय मकालु मोरङ बार्डिङ स्कुल र सान्तावाना सर्चलाईट इङ्लिस स्कुल भएका थिए । हिज्जे प्रतियोगितामा निजी र सामुदायिकका ८ वटा स्कुलले सहभागिता जनाएको थियो ।

रमाइलो बालजगत बोर्डिङ स्कुल

प्रथम, द्धितीय, तृतीय र सान्तावाना हुनेहरुलाई प्रमुख अतिथि, विशिष्ट अतिथिहरुले पुरस्कार वितरण गरेका थिए । प्रथम, द्धितीय, तृतीय हुनेले ट्रफी, मेडल र प्रमाण पत्र पाएका थिए भने सान्तावानाले मेडल र प्रमाण पत्र पाएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि एनप्याब्सनका केन्द्रिय उपाध्यक्ष जय बहादुर श्रेष्ठ, विशिष्ट अतिथिहरु कानेपोखरि ६ वडाध्यक्ष खड्ग बहादुर बस्नेत, कानेपोखरी गाउँ शिक्षा शाखा प्रमुख बेगबहादुर काफ्ले, एनप्याब्सन मोरङका अध्यक्ष शुनिलदत्त अधिकारी, एनप्याब्सन मोरङका सहकोषाध्यक्ष राजेश कार्की, एनप्याब्सन मोरङ जिल्ला सदस्य दिपक चौलागाईंको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन एनप्याब्सन कानेपोखरीका सचीब महेन्द्र बोहराले गरेका थिए भने सभापतित्व अध्यक्ष अर्जुन राईले गरेका थिए ।

सम्बन्धित खवर