कानेपोखरी क्षेत्र भित्र खानेपानीको कुनै समस्या नहुँने –अध्यक्ष काफ्ले

कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका क्षेत्र भित्र खानेपानीको कुनै अभाव नहुने कानेपोखरी गाउँपलिका अध्यक्ष ताराबहादुर काफ्लेले बताएका छन् । शनिबार बयरवन खानेपानी तथा सरसफाई उपभोक्ता समितिको तेस्रो साधारण सभामा अध्यक्ष काफ्लेले सो कुरा बताएको हो ।

अहिले कानेपोखरी गाउँपालिका क्षेत्र भित्र १ स्थानमा उपभोग गरिरहेको र ३ स्थानमा खानेपानी ट्याङ्की निर्माण भैरहेकोले गाउँपालिका क्षेत्र भित्र शुद्ध पानी पिउनको लागी अभाव नहुने बताएका हुन । वडा नं. ७,मा २०५२ सालमा प्रक्रिया सुरुगरेको खानेपानी विस्तारगरी उपभोक्ताहरुले उपभोग गरिहेको छन् । अहिले वडा नं. ४,५,६ र ७ मा ३९ किलोमिटरमा ३२७ मिटर विभिन्न साइजको पाइपहरु जडान गरी शुद्ध पानी उपभोग गरिरहेकाको अध्यक्ष काफ्लेले बताए ।

वडा नं.५, मानेचोकमा खानेपानी ट्याङ्की निर्माणधिन रहेको छ । मानेचौककोले वडा नं. २ र वडा नं. ५ को तल्लो भेगलाई पुग्ने गरी खानेपानीको योजना बनाएको छ । वडा नं. ३ र ४ को जोगी कुटीमा निर्माणधिण रहेको छ । जोगीकुटीको खानेपानीले वडा नं. ४ र ३ को उपभोक्तालाई पुग्ने गरी निर्माण गरिएको छ । त्यसैगरी वडा नं. ७ स्थीत कानेपोखरी चोकमा निर्माणधिन रहेको छ । कानेपोखरी चोककोले चिंसाङ सुकुम्बासी बस्ती र वडा नं. ५ को माथील्लो भागको जनतालाई पुग्ने गरी पानी उत्पादन गर्ने लक्ष्य सहित काम सुरु गरेको गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेले कार्यक्रममा बताए ।

कार्यक्रममा प्रमुख अतिथि समेत रहेका अध्यक्ष काफ्लेले गाउँपालिकामा ४ वटा खानेपानीको टंयाङ्की व्यवस्थापन हुँर्दै गरेकोले सम्पन्न भएपछि खानेपानीले समस्या नहुँने बताएका छन् । स्थानीय तहको प्राथमिकता भनेको खानेपानी नै भएकोले खानेपानीको लागी बजेट छुट्याउन कन्जुसाई नगर्ने र सडक बनाउँदा खानेपानीको पाइप टुटफुट भएमा सडक बनाउनेले नै मर्मत गर्नुपर्ने प्रावधान पालिको रहेको उनले बताए । अहिलेको खानेपानी काम चलाउ मात्र रहेकोले त्यसलाई व्यवस्थीत गर्न आईई गरी डिपिआर गरेर बृह्रद योजना बनाउनुपर्नेमा जोड दिएका थिए ।

सभामा आर्थिक बर्ष २०७५÷०७६ आयव्यय १ करोड १६ लाख २७ हजार ६ सय ३४ रुपैया सार्वजानीक गरेका थिए । कार्यक्रममा समितिका अध्यक्ष हरिप्रसाद पौडेलले आ.व. २०७५÷०७६ को प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यसैगरी पुष्कर बजंगाईले आन्तरिक लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा वडा नं. ७ का वडाध्यक्ष मोहन प्रसाद अधिकारी, वडा नं. ६ का खड्ग बस्नेत लगाएत अतिथि रहेका थिए ।

सम्बन्धित खवर