रमाइलो जनएकता साकोसको सेवा सुभारम्भ

माघ २० गते, कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिका–६ स्थित रमाइलो जनएकता बचत तथा ऋण सहकारी संस्थाको सेवा सुभारम्भ भएको छ ।

रमाइलो सोकोस र जनएकता साकोस विच एकीकरण अघि र एकीकरण पछिको समय लगभग तीन हप्ता पछि सेवा सुभराम्भ भएको हो । कार्यालय व्यवस्थापन र दुवै संस्थाको हिसाव मिलानको कामले सेवा वन्द रहेको थियो । एकीकरण पछि विहिबार रमाइलो जनएकता साकोसको कार्यालय गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले र उपाध्यक्ष राजमती इङ्नामले रिवन काटेर सेवा सुचारु गरेका थिए ।

संस्थाका अध्यक्ष भोला अधिकारी, अम्बिका अर्याल, उपाध्यक्ष यशोदा लिम्बु, सचिव टंक बहादुर अधिकारी, सहसचिव युवराज दवाडी, कोषाध्यक्ष त्रिभूनाथ फुयल र सदस्यहरु, कर्मचारीहरुको उपस्थितिमा दुवै कार्यालय रहेका भवनमा रिवन काटेर सेवा सुरु गरेका थिए । साविक रमाइलो साकोसको कार्यालय भएको भवन र साविक जनएकता साकोसको कार्यालय भएको भवनबाट अर्को व्यवस्था नगरिन्जेल सम्म तत्कालको लागि सेयर सदस्यहरुलाई सेवा दिने संस्थाको अध्यक्ष भोला अधिकारीले बताए ।

रमाइलो साकोस र जनएकता साकोस गत माघ ८ गते एकीकरण भएको थियो । संस्थाले आर्थिक बर्ष २०७८÷०७९ संस्थाले ४ करोड ४ लाख ६२ हजार रुपैया नाफा कमाउने लक्ष्य राखेको छ । आर्थिक बर्ष २०७७÷०७८ को असार मसान्त सम्ममा दुवै संस्थाले २ करोड ९७ लाख ९६ हजार ९ सय १० रुपैया शुद्ध नाफा गरेको छ ।

 

सम्बन्धित खवर