क्षमता विकास तथा महिला सशक्तिकरण सम्बन्धी ३ दिने तालिम

 

चैत १५ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाको सहयोगमा क्षमता विकास तथा महिला सशक्तिकरण सम्बन्धी ३ दिने तालिमको सुरु भएको छ ।

दक्षिणा रिसर्च एण्ड ट्रेनिङ सेन्टरको आयोजनामा सञ्चालित तालिमको सोमबार नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले उद्घाटन गरेकी थिइन् । उनीले नगरका महिलाहरु नेतृत्व लिने सहितका हरेक क्षेत्रमा सक्रियता बढाउनु आवश्यक रहेको बताइन् ।

उनीले महिलाहरुले हरेक क्षेत्रमा आफ्नो अधिकारलाई व्यवहारिक रुपमा उपयोग गर्नका लागि आफ्नो सक्रियता थप आवश्यक रहेकामा जोड दिइन् ।

नगरका जनप्रतिनिधि महिला र मेलमिलाप केन्द्रका महिलाहरुका लागि आयोजित तालिममा अधिकारकर्मी शोभा बजगाईं, सुशीला सुवेदी सहितले सहजिकरण गरिरहेका छन् ।

सम्बन्धित खवर