पूर्व वडा सदस्यको मानसिक सन्तुलन गुमेपछि आश्रम लगियो

राजकुमारी तामाङ
भदौ २३ गते, कानेपोखरी । कानेपोखरी गाउँपालिका वडा नं. ३ को पूर्व वडा सदस्य आषा ऋषिदेवलाई विराटनगर स्थित मानव सेवा आश्रम लगिएको छ ।

गाउँपालिकाको पहलमा ऋषिदेवलाई विहिबार आश्रम लगिएको हो । केही समय अघिदेखी मानसिक सन्तुलन गुमेर सडकमा एक्लै हिंडिरहन, बोलिरहने गर्ने गरेका थिए । उनी एकै ठाँउ बस्न नसक्ने र औषधि नखाने भएकाले स्वास्थमा सुधारका लागि आश्रम पठाइएको गाउँपालिका अध्यक्ष रामती इङ्नामले बताइन् ।

त्यसैगरी कानेपोखरी गाउँपालिकाद्धारा मानव सेवा आश्रम विराटनगरलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । कानेपोखरी गाउपालिका अध्यक्ष राजमती इङ्नाम, उपाध्यक्ष भोला प्रसाद अधिकारीले स्वस्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।

आश्रमका नवराज केसी र पार्वती तिवारीलाई मास्क, सेनिटाइजर, साबुन, ग्लोब्स, सेनेटरी प्याड लगायतका अति आवश्यक सामाग्री प्रदान गरिएको हस्तान्तरण गरिएको थियो ।

सम्बन्धित खवर