बुधबार, माघ २१, २०८२

इमान्दारितापूर्वक काम गरेको छु र त्यो इमान कायम राख्छु : नेता ढकाल

असोज ८ गते, कानेपोखरी । नेकपा एमालेका नेता एवम मोरङ निर्वाचन क्षेत्र नम्बर ३ का पार्टीका संघिय उम्मेद्वार भानुभक्त ढकालले आफू यश अघि सरकारमा हुँदा इमान्दारितापूर्वक काम गरेको र त्यो इमान कायम राखेर जनताको लागि समर्पित भैरहने बताएका छ्न ।

उनले आज आफ्नो निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत कानेपोखरीमा प्रेस चौतारी आवद्ध पत्रकारहरूसंग कुराकानी गर्दै आफुमाथी ओम्नी समुहको नामसङ्ग जोडेर निराधार आरोप लगाई बदनाम गर्न खोजेको बताए । उनले भने – कोरोना सुरक्षा सामग्री प्रदान गर्ने ठेकेदार कम्पनीले भनेको शर्तमा काम नगरेपछि थोरै सामग्री आउदै स्वास्थ्य विभागका महानिर्देशकले सम्झौता रद्द गरिदिनु भयो । त्यसमा मलाई जोडी घोटाला गर्यो भन्नुको कुनै तुक छैन । त्यस्तो भए छानबिन गरि कारबाही गरे भैगो नि ।

नेता ढकालले आफुले कुनै पनि अनियमितता नगरी इमान्दारितापूर्वक जनताको सेवा गर्न आएको सुनाए । आफ्ना प्रतिद्वन्द्वी उम्मेदवारतिर लक्षित गर्दै अरूले जस्तो समाजसेवा गरेजस्तो देखाएर आफ्नो ब्यवसायिक स्वार्थको लागि पैसा खर्च गरेर जनता झुक्याउने बेतुकको क्षणिक राजनीति कहिल्यै नगर्ने बताए । उनले आफुले कानून निर्माण, स्वास्थ्यको काम सहित आफ्नो क्षेत्रका लागि प्रसस्त योजना ल्याएको दाबी गरे । उनी भन्छ्न – अरुले कुखुराले एउटा अन्डा पार्दा गाउँभरी हल्ला गर्ने गरे, तर मैले माछाको जस्तो लाखौंको अन्डा पार्दा हल्ला नगरेको हो । यो गाउँबस्तीमा देखिएको कुरा हो ।

उनले आफुले चिप्लो बोलेर आस्वासन दिने भन्दा पनि जति जे हुने हो त्यो प्रष्ट गरेको उल्लेख गरे । आफुले स्थानीय पार्टीको योजनामा स्थानियकै सल्लाहमा स्थानियकै हितमा फेरि पनि काम गर्न आएको प्रतिबद्धता ब्यक्त गरे । आफुले उठान गरेको बसोबासको समस्याको समाधानको लागि आयोग बनाएर एमालेले पहल थालेको अवस्थामा परमादेशी सरकारले अवरोध पुर्याएकोमा अहिले कानेपोखरी सहितका केही पालिकाका आफ्ना पार्टीबाट निर्वाचितहरूले नै पूर्जा दिन थाल्नेसम्मको काम गरेको तर्क अघि सारे ।

उनले अब बन्ने सरकारले त्यो समस्या समाधान गरिछोडने बताए । उनले स्वार्थका लागि पैसा खन्याएर किन्नेलाई भन्दा निस्वार्थ सेवा गर्ने पार्टीको प्रतिनिधि लाई चिन्ने र जिताउनेमा आफू ढुक्क रहेको भावना ब्यक्त गरे । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य युवराज बास्कोटा, अनेम संघ केन्द्रीय सदस्य इन्दिरा ढकाल, प्रेस चौतारीका केन्द्रीय सचिव बिक्रम लुइँटेल, पार्टीका ३ नम्बर क्षेत्रीय संयोजक भोला अधिकारी सहितको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Nigranitimes.