राष्ट्रपति रनिङ शिल्ड : पहिलो दिन आईटिएफ तेक्वाण्डोका खेलाडी छनौट

राजकुमारी तामाङ

फागुन ६ गते, कानेपोखरी । कानेपोखरी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तरगत पहिलो खेलमा आईटिएफ तेक्वाण्डोबाट छनौट भएका छन् ।

शनिबार भएको प्रतियोगितामा महिला ४२ केजी तर्फ प्रथम लिला माया गुरुङ, द्धितीय प्रिन्सा कार्की भएका छन् । त्यसैगरी ४४ केजी महिला तर्फ प्रथम रितिका चौधरी, द्धितीय दिप्सना तामाङ छनौट भएका छन् । ४६ केजी तर्फ प्रथम विनिसा धिमाल, द्धितीय नन्दिका धिमाल भएकी छिन ।

यस्तै पुरुष तर्फ ४५ केजीमा प्रथम आर्यन राई, द्धितीय मौसम लिम्बू, ४८ केजी तर्फ पुरुष आशिष् भुजेल, द्धितीय राजिन तामाङ, प्रथम भिजन मैनाली, द्धितीय सुन्दर लिम्बु भएको छ ।

दुई दिन सम्म संचालनमा रहने रनिङ शिल्डमा भलिबल, कबडि, दौड, लङजम्प, हाइजम्प, सटपुट र ज्याब्लिन थ्रो लगायतका खेलहरु रहने छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उदघाटन कानेपोखरी खेलकुद बिकास समितिका अध्यक्ष चरण गुरुङले गरेका थिए ।

सम्बन्धित खवर