कक्षा ५ को परीक्षा पनि गाउँपालिकाले लिने तयारी

फागुन १० गते, कानेपोखरी । कक्षा ८ को परीक्षा सञ्चालन गर्दै आएको कानेपोखरी गाउँपालिकाले यस बर्ष कक्षा ५ को पनि परीक्षा लिने भएको छ ।

सामुदायिक र संस्थागत तर्फको शैक्षिक सत्र २०७९ सालको वार्षिक परीक्षा गाउँपालिकाले लिने भएको हो । संस्थागत विद्यालयको प्रधानाध्यापकहरुको बैकले कक्षा ५ को पनि परीक्षा गाउँपालिकाले सञ्चालन गर्नुपर्ने माग राखेपछि गाउँपालिको शिक्षा तथा सामाजिक विकास शाखाले परीक्षा गराउने तर्फ जुटेका छन् ।

बुधबार शाखाले शैक्षिक सत्र २०७९ को आधारभूत तह(कक्षा ५) उत्र्तिण परीक्षामा सहभागि हुन विद्यार्थीहरुको सम्पूर्ण काम फागुन १९ गते भित्र गरि सक्नुपर्ने सूचना जारी गरेको छ ।

एकीकृत शैक्षिक सूचना प्रणाली(iemis) प्रविष्ट भएको हुनु पर्ने, जन्मदर्ता बमोजिम नाम, थर, जन्ममिति, बाबुआमा नाम हुनु पर्ने यदी नभए एकीकृत शैक्षिक सूचना प्रणाली(iemis) अध्यावधिक गरी अपलोड गर्नुपर्ने सूचनामा उल्लेख छ । शाखाले विद्यार्थीको प्रवेश पत्र फागुन ३० गते भित्र प्रदान गरिसक्ने योजना बनाएको छ ।

विषय विज्ञ शिक्षक छनौट गरी प्रश्नपत्र निर्माण गर्ने र प्रश्नपत्र अंगे्रजी र नेपाली दुवैमा हुने शाखाका प्रमुख वेग बहादुर काफ्लेले बताए । परीक्षा पञ्छात शाखाले विद्यार्थीहरुको उपलब्धी ग्रेडसिट सम्बन्धीत विद्यालयलाई दिने तयारी गरेको छ ।
यस शैक्षिक सत्रमा अंग्रेजी, सामाजिक, विज्ञान, गणित र कम्प्युटर गरी जम्मा ५ वटा विषयको मात्र प्रश्नपत्र शिक्षा तथा सामाजिक विकास शाखा मार्फत आउने छ । बाँकी प्रश्नपत्र विद्यालय आफैले निर्माण गर्नु पर्ने छ ।

कक्षा ५ को परीक्षा नेपाल सरकारले आउँदो शैक्षिक सत्रबाट लागुगर्दै गर्दैछ । सवै विद्यार्थी, अभिभावक र विद्यालय पनि एक्टीभ हुने हुँदा कक्षा ५ को परीक्षाले सकारात्म प्रभाव हुने शाखा प्रमुख काफ्ले बताउँछन् ।

सम्बन्धित खवर