बुधबार, कार्तिक १९, २०८२

तीन दिने मेलमिलापकर्ताको तालिम सम्पन्न, १३ बुदें जेफाले प्रतिवद्धता पत्र जारी

जेठ ९,  जेफाले । मोरङको कानेपोखरी गाउँपालिकाले मेलमिलाप सहजकर्ताको लागि तीन दिने आवासीय पुनर्ताजकी तालिमको समापन भएको छ ।

मोरङको केराबारी–२ विहिबारे बजार स्थित जेफालेमा आइतबार समापन गरिएको हो । मेलमिलापकर्ताको लागि पुनर्ताजकी तालिम शुक्रबार देखी संचालन भएको थियो । तालिमको उद्घाटन र समापन गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक भोला प्रसाद अधिकारीले गरेका थिए ।

तालिममा पालिकाको ७ वटै वडाबाट प्रतिनिधि र कर्मचारी गरी जम्मा ४१ जना सहभागी रहेका थिए । प्रत्येक वडाका वडाकार्यालयले मेलमिलापकर्ताको प्रतिनिधि पठाएको थियो । तालिमलाई प्रमुख प्रशिक्षक मेघराज न्यौपाने र प्रशिक्षक हरि बहादुर बरालले सहजिकरण गरेका थिए । तालिमको व्यवस्थापन पालिकाका प्रशासन अधिकृत गोविन्द प्रसाद फुयल, शिक्षा शाखा प्रमुख वेगबहादुर काफ्ले, लेखापाल नारायण दंगालले गरेका थिए । तालिममा न्यायिक समिति सदस्य दुर्गा नेपाली पनि सहभागी रहेको थियो ।

तालिममा वडा सदस्यहरु जीतबहादुर लिम्बु, राजकुमार लिम्बु, दिपक लुईटेल, सरस्वती काफ्ले, विमला बुढाथोकी, दिपेश थापा, रामजी भण्डारी लगाएत सहभागीता रहेको थियो ।

तालिममा पहिलो पक्ष, बिवाद र दोस्रो पक्षले गर्नुपर्ने काम कर्तव्यहरु प्रस्तुत गरिएको थियो । जस्तै पहिलो पक्षमा अडान, तत्काल मागेको कुरा, ठोस कुरा, जिद्धि, हित, किन भनेर प्रश्न गर्दा आउने उत्तर, कसरी पुरा गर्ने, साझा विकल्प, सहमती र योजनावद्ध सहमती जस्ता विषय बस्तुहरु प्रस्तुत गरिएको थियो ।

तालिममा प्रत्येक दिन सभाअध्यक्ष, प्रतिवेदन, मुल्याङ्कन र मनोरञ्जनको जिम्मेवारी दिएको थियो । त्यसको नेतृत्व, नगेन्द्र बस्नेत, भेषराज कार्की, धनबहादुर लिम्बु, जीतवहादुर लिम्बु, इन्दु बाँस्कोटा, दिपक लुईटेल र चन्द्र खड्का लगाएतले गरेका थिए । तालिम समापनको दिन सहभागिको तर्फबाट टंकेश्वरी याक्खा र नगेन्द्र बस्नेतले कुरा राखेका थिए ।

तालिम समापनको दिन मेलमिलापकर्ताको आचारसहिंता र उक्त आचारसंहिता पालना गर्न मेलमिलापकर्ताको सामूहिक प्रतिवद्धता गरेका थिए । २०७३ को दफा ३ मा व्यवस्था भएको बुदागतरुमा रहेको आचारसंहितामा मेलमिलापकर्ताहरुले पालना गर्ने सहमती जनाउँदै हस्ताक्षर गरेका थिए ।

तालिम समापनमा प्रमुख प्रशिक्षक मेघराज न्यौपाने र प्रशिक्षक हरि बहादुर बरालले पनि आफ्ना कुराहरु राखेका थिए । निर्देशन सहित समापन पालिका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक भोला प्रसाद अधिकरी गरेका थिए । कार्यक्रम संचालन पालिकाका प्रशासन अधिकृत गोविन्द प्रसाद फुयलले संचालन गरेका थिए ।‘कानेपोखरी गाउँपालिका मेलमिलापकर्ताको जेफाले प्रतिवद्धता –२०८०’ प्रतिवद्धता पत्र
तालिम समापन भएको दिन १३ बुंदे ‘कानेपोखरी गाउँपालिका मेलमिलापकर्ताको जेफाले प्रतिवद्धता –२०८०’ घोषणा गरिएको छ । सो जेफाले प्रतिवद्धता –२०८० मा सवैले हस्ताक्षर गरेका थिए । तालिम पच्छात यथाशिघ्र गाउँपालिकामा मेलमिलापकर्ताको रुपमा सुचिकृत हुने, प्रत्येक वडामा देखिएको विवादलाई न्यायिक समितिमा दर्ताको लागि सहयोग गर्ने, मेलमिलापकर्ता प्रत्येक वर्ष गाउँपालिकामा नविकरण हुने, सबै वडाका मेलमिलापकर्ता सूचीकृत भए पच्छात सवै वडामा मेलमिलाप केन्द्र स्थापना गर्ने, न्यायिक समितिले सहज रुपमा विवाद समाधान गर्नका लागि इजलास स्थापना गर्ने लगाएत रहेका छन् ।

 

 

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Nigranitimes.