मलामी खाजाघरमा बेवारीसे वृद्ध मृत अवस्थामा भेटिए

जेठ २२ गते, कानेपोखरी । मोरङ कानेपोखरी –२, स्थित सिचाङ खोलाको मलामी खाजाघरमा बेवारीसे एक वृद्ध मृत अवस्थामा भेटिएका छन् ।

६ बर्ष अघि चिसाङ खोलाछेउमा बस्दै आएका लगभग ७० बर्षीय मंगोल जस्तै देखिने वृद्ध मृत अवस्थामा स्थानीयले आइतबार विहान भेटेका थिए । स्थानीयले प्रहरी र नगरप्रहरीलाई खवर गरेपछि नगरप्रहरी प्रमुख युवराज भूजेलको नेतृत्वको टोली घटना स्थलमा पुगेका थिए ।

शवको इलाका प्रहरी कार्यालय पथरीले मुजुल्का बनाएका थिए । शवलाई पोष्टमार्टमको लागि नगरप्रहरीले उर्लाबारी स्थित मदन भन्डारी अस्पताल ट्रमा सेन्टर मंगलबारेमा लगेका थिए ।

६ बर्ष अघि देखी मलामी खाजा घरमा बेलुका सुत्ने गर्दै आएका थिए । उनले त्यसबेला डोको बुुनेर बेच्ने र डोको बुनिदिएर बापत खाना खाने र रातको समयमा त्यही मलामी खाजाघरमा आएर सुत्ने गरेको स्थानीयलाई उद्धत गर्दै नगरप्रहरी प्रमुख युवराज भूजेलले बताए । ६ बर्ष अघि देखी त्यहाँ बसिएतामा पनि मृतको नाम, ठेगान खुलेको थिएन ।

 

 

सम्बन्धित खवर