गाउँपालिका र नगरपालिका जोड्ने पक्की पुल अलपत्र, ५ बर्षमा पनि बनेन पुल

जेठ २७, कानेपोखरी । सम्बन्धित निकायले चासो नदिदा मोरङको कानेपोखरी गाउँपालिका र पथरीशनिश्चरे नगरपालिका जोड्ने पक्की पुल ५ बर्षमा पनि नबन्ने निश्चित भएको छ ।

निर्माण कम्पनीले सडक डिभिजन कार्यालय विराटनगरमा गरेको दोस्रो पटक सम्झौताको म्याद सकिन्नै लाग्दा काम भने ५० प्रतिशत पनि सम्पन्न भएको छैन । कम्पनी ठेकेदार सन्तोष यादवले दोस्रो पटक म्याद थप गरिएको सम्झौता मिति २०८०/०३/३० गते सकिन्दै छ । त्यही ठेकेदार कम्पनीलाई तेस्रो पटक म्याद थपको प्रावधान छैन । सडक डिभिजन कार्यालय विराटनगरले ठेकेदार कम्पनी खारेज गरेर अर्को ठेक्का लगाउँछ की, निर्माणको काम त्यही छोड्छन् त्यो भने हेर्न बाँकी छ ।मोरङ क्षेत्र नं. ३ का सांसद डा. सुनिल शर्माले पक्की पुलको चासो देखाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग र सडक डिभिजन कार्यालय विराटनगरबाट प्रगति विवरण मागेका थिए । मिति २०८०/०२/१४ गते प्रगति विवरणको पत्र लिदै चासो व्यक्त गरेका हुन । सांसद शर्माको सकिय सचिव विवेग लिम्बुले पक्की पुल सम्पन्न गर्न सम्बन्धित निकायहरुसँग छलफल गरिरहेको बताए ।

जनकपुरको रमन आइएस एनवि(जेआर) कम्पनीले सो पुल २०७६/०२/१७ गतेदेखी सुरु गरेर मिति २०७८/०८/१६ गते सम्पन्न हुने गरी सडक डिभिजन कार्यालय विराटनगरमा सम्झौता गरेका थिए । तर कम्पनीले अहिले ५० प्रतिशत पनि काम सम्पन्न गरेको छैन ।

जनकपुरको रमन आइएस एनवि(जेआर) कम्पनीले मिति २०७८/०८/१६ गते काम गर्ने सम्झौता समाप्त भएपछि पुन मिति २०८०/०३/३० गते सम्म पुलको निर्माण काम सम्पन्न गरिसक्ने गरी सम्झौता गरेको थियो ।

पुलको लम्बाई १२५ मिटर, चौडाई ११ मिटर रहेको पुलमा ४ वटा पिल्लर रहने छ । पुल निर्माणको लागि ठेकेदार कम्पनीले १२ करोड ४९ लाख ५१ हजार ८ सय ६७ रुपैयामा ठेक्का पाएको थियो ।

सम्बन्धित निकायले चासो नदिएपछि कम्पनीले म्याद थप गर्दै काम नगरी बसेका थिए । अझै दुई बर्षमा पनि पक्की पुल निर्माण गर्न नसकिने त्यहाँ कम्पनीका प्रतिनिधि मोतिलाल महतोले बताए ।

ठेकेदार कम्पनीले काममा आलटाल गरेपछि पुल निर्माणमा ढिलाई भएको वडा नं. ६ का वडाध्यक्ष खड्ग बस्नेत बताउँछन् । कोरोना काल, बैंकले लगानी नगर्ने, सवारी साधन बिग्रिएमा मर्मत गर्न टाढा जानुपर्ने भएकोले ढिलो भएको ठेकेदार कम्पनीका प्रतिनिधि मोतिलाल महतोले बताए । उनले यसै किसिमको योजना नेपालको ४ स्थानमा चलिरहेको र केही निर्माण सम्पन्न भएको बताए ।

कानेपोखरी ६ नं. वडाको शिवालय टोल र पथरीशनिश्चरे ९ कुशेचौरीको डाँसखोलामा २०७६ साल कात्र्तिक १७ गते वडा नं. ६ का वडा अध्यक्ष खड्ग बस्नेतले पुलको शिलान्यास गरेका थिए ।

 

सम्बन्धित खवर