क्यान्सर पीडित माझीलाई लायन्स क्लब लेडिजको आर्थिक सहयोग

असोज ६, पथरी । लायन्स क्लब अफ पथरी क्रेएयटिभ लेडिजले क्यान्सर पीडित हर्कबहादुर माझीलाई आर्थिक सहयोग गरेका छन् ।

शनिबार पथरी शनिश्चरे ८ दोहोलु शुक्रबारे निवासी माझीलाई थप उपचारमा सहयोगको लागि लायन्स क्लब अफ पथरी क्रेएयटिभ लेडिजले १५ हजार ५ सय ५ रुपैया रकम सहयोग गरेको हो । पथरी शनिश्चरे नगर उपप्रमुख देवी माया काफ्ले र जोन चियर पर्सन लायन देवी राईले सँयुक्तरुपमा रकम हस्तान्तरण गरेका थिए ।

रकम हस्तान्तरण कार्यक्रममा लायन्स क्लब अफ पथरी क्रेएयटिभ लेडिजका अध्यक्ष शारादा देवी बस्नेत, वडा नं. ८ को वडा अध्यक्ष नविन कार्की, वडा सदस्य बाबुराम चौधरी, शान्ता लिम्बु लगाएत उपस्थित रहेका थिए ।

कार्यक्रममा छोराछोरीको लागि स्टेस्नरी सामान र खाद्यान्न लगाएत हस्तान्तरण गरेको जोन चियर पर्सन लायन देवी राईले बताइन् । उनीले माझीको थप उपचारमा सहयोग पुगोस भनेर सहयोग गरेको बताइन् ।

 

सम्बन्धित खवर