बुधबार, बैशाख ९, २०८३

दुई करोड ५० लाखमा निर्माण गरिएको ‘निसेलुङ फर्न पार्क’

१६ कात्र्तिक, मिक्लाजुङ । १० बर्ष अघि निर्माण सुरु गरेको निसेलुङ टावर तीन तहकै सरकारले बजेट नदिएपछि व्यवस्थापन पक्षले ठेकेदारलाई १० बर्षे ठेक्कामा दिएका छन् ।

मोरङको मिक्लाजुङ गाउँपालिका–३ मा रहेको निसेलुङ पर्यटन क्षेत्रलाई ठेक्कामा दिएपछि उत्कृष्ट पर्यटकीय गन्तब्यको रुपमा “निसेलुङ फर्न पार्क” लाई विस्तार गर्ने लागिएको हो । सुरु सुरुमा यो पर्यटकीय स्थल बनाउने धेरै प्रयास गरियो, रकमको लागि तीन तहकै सरकारसँग निकै प्रयास गरिएता पनि सफल नभएपछि १० बर्षे लिजमा दिनु बाध्य भएको स्थानीय प्रवेश लिम्बु मिभक बताउँछन् ।

उनका अनुसार बार्षिक तीन लाख समितिलाई दिने, प्रत्येक बर्ष १० प्रतिशत बढ्दै जाने र १० बर्षमा समितिलाई जिम्मा लगाउनुपर्ने सम्झौता भएको बताए ।

निसेलुङ ब्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र मादेनका अनुसार हालसम्म भ्यूटावर निर्माणमा राज्यको ८० लाख भन्दा बढी खर्च भइसकेको बताए ।

सो पार्कको कार्तिक १९ गते उद्घाटनको तयारी गरेको छ । हाल सम्मा १ करोड ५० लाख खर्च भैसकेको फन पार्क सम्पन्न हुदाँ २ करोड ५० लाख खर्च हुने फन पार्क संचालक इन्द्रमणी भट्टराई बताउँछन् । फर्न पार्कमा प्रवेश शुल्क १ सय राखिएको र उल्टा घरको छुटटै ५० रुपैया पनि लाग्ने उनी बताउँछन् ।

 

फनपार्कमा नेपालमै पहिलो पटक उल्टो घर निसेलुङमा निर्माण गरिएको उनले दाबी गरेका छन् । सञ्चालक भट्टराईले उल्टो घर यसभन्दा अघि थाइल्यान्ड, भारतका केहि स्थानमा निर्माण भइसकेको र हामीले पनि युट्युवमा हेर्यौ र त्यहीँ कन्सेप्टलाई साभार गरेर यस ठाउँमा पनि उल्टा घर निर्माण गरेका बताए । उनले उल्टो घर निर्माण गर्न हामीले ६० लाख खर्च गरिसकेको बताए ।

मिक्लाजुङ्ग गाउँपालिका पर्यटकीय हिसावले प्रदेशकै एक उत्कृष्ट गन्तव्य मानिन्छ । केही प्रतिशत भू–भाग पहाडको काखमा रहेको यस पालिकामा खुडी, मिक्लाजुङ्ग डाँडा, चुलीपोखरी, मिक्लुबेतेनी लगायतका ठाउँहरु घुम्न योग्य रहेका छ्न । यसैबिच, हालै सञ्चालनमा आउँन लागेको निसेलुङ फर्न पार्क पनि अर्को एक पर्यटकीय गन्तव्य बनेको छ । यस पार्क भित्र उल्टा घर, फाउन्टेन, भ्यूटावर, पिरतीको गाउँ, बाल उद्यानका सामग्री लगायत निर्माण गरिएको छ । निसेलुङ भ्यूटावरबाट तराईका फाँटहरूको दृश्यावलोकन गर्न सकिने छ ।

यस पार्कमा रहेको भ्यूटावरबाट उर्लाबारी, लेटाङ, दमक, पथरी शनिश्चरे पालिका, मिक्लाजुङ्गका सम्पूर्ण वडाहरु नियाल्न सकिनेछ । मोरङको उर्लाबारीदेखि मधुमल्ला हुँदै टाँडी पुगेपछि करिब १ किलोमीटर पुर्व लागेपछि सुन्दर निसेलुङ पुग्न सकिन्छ ।

सम्बन्धित खवर

भखरै

Crafted with care by CodeBundles © 2026 Nigranitimes.